काठमाडौं । बजाज बाइकको नेपालका लागी आधिकारीक बितरक एचएच बजाजले डिस्कभर बाइकमा नयाँ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले बजाज डिस्कभरको खरिद गर्ने ग्राहकलाई सामसुङकाे ३२ इन्च एलइडी टिभी सित्तैमा प्रदान गर्नेछ । यसको लागी भने ग्राहकले ४० प्रतिशत डाउनपेमेन्ट गरेर डिस्कभर बाइक खरिद गर्नुपर्ने हुन्छ ।
हाल बजाज डिस्कभर–१२५ तथा डिस्कभर–१५० बाइक १९ हजार ९ सय ९९ डाउन पेमेन्टमा पनि प्राप्त गर्न सकिन्छ । तर, १० प्रतिशत डाउन पेमेन्टमा बाइक खरिद गर्ने ग्राहकले टेलिभिजन भने पाउने छैनन् ।
ग्राहकले नेपालभर रहेकाे बजाजको कुनै पनि शाेरूमबाट यो सुबिधा लिनसक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले नेपाली बजारमा डिस्कभर १२५ ड्रम ब्रेकको मूल्य १ लाख ७९ हजार ९०० रूपैयाँ, १२५ डिस्क ब्रेकको १ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छ भने, १५० सीसीको मूल्य २ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।

