सुजुकीको नयाँ वर्ष अफरः २ लाखसम्म नगदसहित थुप्रै छुट

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटीभ डिभिजन सीजी मोटोकर्पले नयाँ वर्ष २०७९ को अवसर पारेर ‘सुजुकी ह्याप्पी न्यू इयर’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले यस योजना अन्तर्गत गाडी किन्ने ग्राहकलाई दुई लाख रुपैयाँसम्मको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट दिने घोषणा गरेको छ ।

सिजी मोटोकर्पले यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरूमहरुमा लागु हुने जनाएको छ । मारुती सुजुकीले उत्पादन गरेरका र जापानमा सुजुकीले उत्पादन गरेका विभिन्न मोड विक्री गर्दै आएको कम्पनीले मोडल अनुसार फरक फरक छुट दिने जनाएको छ ।

अहिले सिजी मोटोकर्पले एस–प्रेसो, वागेन आर, सेलेरियो, इग्निस्, स्वीफ्ट, बलेनो, डिजायर, सिआज्, ब्रेजा, एसक्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी मोडलको विक्री गर्दै आएको छ । कम्पनीले नयाँ वर्ष अफर सिमित अवधिका लागि मात्र लागु हुने जनाएको छ ।


Back_to_top