मोटरसाइकलको पनि आयात रोकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एलसीमा मार्जिन राख्नु पर्ने निर्णय गरेका ३०० भन्दा धेरै बस्तुको आयात रोक्ने अनौपचारिक निर्णय गरेसँगै मोटरसाइकलको पनि आयात रोकिने भएको छ ।

केन्द्रीय बैंकले निजी सवारीसाधन आयात गर्दा ठूलो रकम बाहिर गएको र विदेशी मुद्रा संचितिमा दवाव पर्न थालेको भन्दै सबै वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर एलसी खोल्दा थप मार्जिनको ब्यवस्था गरिएका बस्तु आयातको लागि नयाँ एलसी नखोल्न भनेको हो ।

अहिले नेपाली बजारमा १ लाख ५० हजारदेखि १ करोडभन्दा माथिका मोटरसाइकल तथा स्कुटर विक्री वितरण हुँदै आएको थियो । सरकारले आयात रोक्ने निर्णय गरेसँगै तत्काल नयाँ मोटरसाइकल तथा स्कुटको आयात बन्द हुने अवस्था आएको हो ।

‘आज एक हजार यूनिट मोटरसाइकलको एलसी खोल्न गएको थिए । बैंकले एलसी खोल्न नसक्ने जानकारी दिएको छ’, एक मोटरसाइकल विक्रेताले भने ।

मोटरसाइकल, कार, बस, ट्रक मात्रै नभएर कुनैपनि किसिमका सवारीसाधन ल्याउन बैंकले कर्जा तत्काल नदिने भएको छ । बैंकलाई पनि आफ्नो कर्जा विस्तार रोक्न केन्द्रीय बैंकले दबाब दिएको छ । त्यही दबाबको कारण अबको केही महिना नयाँ सवारीसाधनको आयातमा रोक लाग्ने भएको छ ।


Back_to_top