काठमाडौं । मारुती सुजुकीको लागि नेपालको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले चार्डपर्वलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ ।
यसपालिको ‘पर्वोत्सव’ अफर अन्तर्गत उपभोक्ताले २ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत १ लाख रुपौयाँसम्म अतिरिक्त छुट पाउनेछन्।
काठमाडौंमा आज मंगलवारबाट सुरु हुने नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण गाडीहरुमा अफर उपलब्ध गराउने छ।
नाडा अटो शोकोे लागि यस योजना अन्तर्गत कम्पनीले थप आकर्षक छुट पनि उपलब्ध गराउने छ। छुट सुजुकीको नाडा अटो स्टल नं जे१७ को साथै नेपालभरिका सम्पूर्ण सुजुकी शोरुममा समेत उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।
यसबाहेक उपभोक्ताहरुले कम्पनीका २०१७ का सम्पूर्ण मोडलहरुमा तथा नाडा अटो शोको बुकिङमा विशेष छुट समेत पाउने कम्पनीले जनाएको छ।

