एमएडब्लू वृद्धिले जोमसोममा स्थापना गर्यो सीसीएसटू चार्जिङ स्टेसन

काठमाडौं । एमएडब्लू वृद्धि स्पिड चार्जर्सले हिमाली जिल्ला मुस्ताङको जोमसोममा विद्युतीय सवारी साधन (ईभी)का लागि सीसीएसटू चार्जिङ स्टेसन संचालनमा ल्याएको छ ।

कम्पनीले आइतबारदेखि मुस्ताङको जोमसोममा सीसीएसटू चार्जिङ स्टेसन औपचारिक रूपमा संचालनमा ल्याएको हो ।

जोमसोमको चार्जिङ स्टेसन हालसम्म निर्माण भएकामध्ये सबैभन्दा उच्च ठाउँ हो । यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्त्वपूर्ण भूमिका पुष्टि गरेको कम्पनीले जनाएको छ ।

जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केबल इन्जिनियरिङ उपलब्धि मात्र नभई नेपालमा ईभी विकासको सुरुवाती कदम भएको कम्पनीले जनाएको छ ।

एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएसटू चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ ।

यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवद्र्धन गर्छ। जोमसोम नेपालको धेरै यात्रा गरिने ठाउँमध्ये एक हो, जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ ।

पर्यावरणप्रेमी यात्रुका लागि वातावरणमैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेसनको स्थापना एक ठूलो कदम भएको बताइएको छ ।

समग्रमा, इनोभेसन र डिटरमिनेसको उत्कृष्ट सम्मिश्रण देखिने यो उपलब्धिले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताबीच ठूलो विश्वास बढाउने कम्पनीको विश्वास छ ।

नेपालको पहिलो विद्युतीय सवारी साधन (ईभी) चार्जिङ नेटवर्कको रूपमा एमएडब्लू स्पिड चार्जर्सले दिगो मोबिलिटीतर्फ परिवर्तनको नेतृत्व गरिरहेको छ ।


Back_to_top