अवतार चलचित्रबाट प्रेरित मर्सिडिजकाे कन्सेप्ट कार

इलेक्ट्रोनिक्स कन्जुमर एक्स्पो २०२० मा मर्सिडिज बेन्चले नयाँ ‘कन्सेप्ट’ कार सार्वजनिक गरेको छ । उक्त नयाँ कन्सेप्ट कार ‘भिजन अवतार’बाट प्रेरित रहेको कम्पनीले जनाएको छ ।

उक्त कन्सेप्ट कार अस्कार अवार्ड विजेता अँग्रेजी चलचित्र अवतारबाट लिइएको हो । उक्त चलचित्र २००९ मा रिलिज गरिएको थियो । कन्सेप्ट कारलाई अवतार चलचित्रका क्रियटर जेम्स क्यामरुनले सार्वजनिक गरेका हुन् ।

‘स्टेटअफ आर्ट टेक्नोलोजि’मा तयार भएको भविष्यको कारमा विभिन्न ३३ अत्याधुनिक फिचर समेटिएको छ । यो कन्सेप्ट कारमा कुनै किसिमको स्टेरिङ ह्वीलको प्रयोग गरिएको छैन । यो भविष्यको कारको रुपमा ल्याइएकोले यसमा पूर्ण स्वचालित प्रविधि जडान हुनेछ । यसमा बस्ने यात्रुले ओभल सेपमा रहेको कन्ट्रोलरको सहायताले कुरा गर्न सक्ने छन् ।

यसले मानिसको मुटुको चाल र धड्नको मापनका आधारमा काम गर्नेछ । यसमा रहेको पल्स कन्ट्रोल प्याडको सहायताले पूर्णत कारलाई व्यवस्थापन गर्नेछ । यसको ड्यासबोर्डमा त्रिकोण आकारको ठूलो स्कृन लगाइएको छ । बच्चाहरुको लागि पनि यसमा गेम, म्याजिक पुल जस्ता विशेषता दिइएको छ ।

यो कन्सेप्ट कारमा अर्गानिक व्याट्री सेल प्रयोग गरिएको छ जसलाई तयार गर्न पृथ्बीमा भएको कुनै खनिजको आवस्यकता पर्दैन । यसमा ११० किलोवाट आवरको व्याट्री दिइएको छ । जसले ४७० हर्स पावर शक्ति प्रदान गर्ने क्षमता राख्छ । यसलाई एकपटकको फुल चार्जमा ७०० किलोमिटरसम्म चलाउन सकिने बताइएको छ ।

यसको भित्री भाग रिसाइकल गरिएको प्लाष्टीक र सेन्थेथिक मेटेरियलको प्रयोग गरिएको छ । रेप्टाइल जन्तुको सेपमा बनाइएको यो कन्सेप्ट कार ४ सिट क्षमताको रहेको छ ।


Back_to_top