मोटरसाइकल र कारको मूल्य बढ्दै, पुरानै मूल्यमा पाउन के गर्ने

काठमाडौं । सरकारले नेपाल प्रदुषण मापदण्डको विषयमा निर्णय लिन नसक्दा अन्योलता उत्पन्न भएको छ । अहिले नेपाल प्रदुषण मापदण्ड–३ लागु भइरहेको भएपनि यहाँ बजारमा बिक्री हुने मोटरसाइकल र कारहरु भारत स्टायडर्ड बीएस ४ भन्दा कमका उपलब्ध छैनन् ।

केही कर्मशियल गाडी बिक्रेता कम्पनीले समेत बीएस ४ मापदण्ड अनुसारका सवारीसाधन आयात सुरु गरेको अवस्थामा करिब ३ महिनापछिबाट भारतले आफ्ना सम्पूर्ण दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन बीएस ६ मापदण्ड अनुसार उत्पादन गर्ने भएको छ । तर, उसले ठूला हेभी कमर्शियल गाडीमा भने केही वर्षपछि मात्र बीएस ६ लागु गर्ने जनाएकाे छ ।

यस्तोमा नेपाली बजारमा बिक्री हुने सवारीसाधन कुन प्रदुषण मापदण्डको हुने भन्ने चर्चा चलिरहँदा सरकारी तवरबाट कुनै ठोस कार्ययोजना बाहिर आउन सकेको छैन । यसले गाडी बिक्रेतामा अन्योलता र प्रयोगकर्तामा शंका उत्पन्न गराएको छ ।

नेपालमा कुनैपनि किसिमको सवारीसाधन अहिल्यै पूर्णत उत्पादन हुन सक्ने अवस्था छैन । यस्तोमा सरकारले आफ्नो आवस्यकता र प्रदुषणको बीचमा रहेर सहि निर्णय गर्न नसक्ने हो भने यसले अर्बौै रुपैयाँ देश बाहिर जाने अवस्था सृजना गर्दैछ भने ग्राहकले भारतमा यस्तो नेपालमा किन ल्याउँदैनन् भनेर व्यवसायीलाई गालि गर्ने अवस्थाको सृजना गर्नेछ ।

नयाँ मापदण्डको इन्जिन प्रयोग भएको गाडी यदि बिक्री गर्ने हो भने त्यसले ५ देखि १० प्रतिशतसम्म मूल्य बढाउने छ । उक्त मूल्य बढ्नु भनेको हामीमा अतिरिक्त भार थपिनु हो ।

त्यसो त गाडी बिक्रेता कम्पनीहरु मध्ये केही कम्पनीले भारतको नयाँ प्रदुषण मापदण्ड अनुसारको गाडी ल्याएर बिक्री सुरु गरिसकेका छन् । मारुती सुजुकीले करिब ६ मोडलका कार नयाँ मापदण्ड अनुसारको इन्जिनमा ल्याएको छ भने कियाले आफ्नो भारत मेड एसयूभी सेल्टोसपनि नेपालमा बिक्री सुरु गरिसकेको छ ।

भारतमा तत्काल नयाँ मापदण्ड लागुभएपनि नेपालमा उक्त मापदण्ड अनिर्वाय भने हुने छैन । नयाँ मापदण्डको इन्जिन प्रयोग भएको गाडी यदि बिक्री गर्ने हो भने त्यसले ५ देखि १० प्रतिशतसम्म मूल्य बढाउने छ । उक्त मूल्य बढ्नु भनेको हामीमा अतिरिक्त भार थपिनु हो ।

अहिले भारतीय मिडियाले दैनिक ५ वटासम्म समाचार नयाँ इन्जिनमा अपग्रेड भएको विषयलाई लिएर लेखिरहेका छन् । यस्तोमा अधिकांश कम्पनीले बिक्री गरिरहेको सवारीलाई नयाँ इन्जिन दिएको छ भन्ने नै हो । त्यसलाई हाम्रा उपभोक्ताले समेत निकै नजिकबाट हेरिरहेका छन् ।

यस्तोमा यदि गाडी बिक्रेता कम्पनीले नयाँ मोडल नल्याउने हो भने ग्राहकको गाली खानुपर्ने अवस्था रहेको छ भने नयाँ मोडल ल्याउँदा धेरै रकम बाहिर जाने अवस्था छ । यसको उचित मार्ग भनेकै सरकारले हामीलाई कुन मापदण्डको सवारी साधन चाहिने हो भन्ने टुङ्गो लगाउनु पर्छ ।


Back_to_top