एमजी फोर अब एसयूभीमा आउने

काठमाडौं । एसएआइसी ग्रुपले आफ्नो एमजी ब्राण्डको चर्चित ह्याचब्याक ‘एमजी फोर’को एसयूभी पनि ल्याउने भएको छ । कम्पनीले ‘एमजी फोर एक्स’ नामबाट क्रसओभर एसयूभी बजारमा ल्याउने भएको हो ।

एमजी फोरकै डिजाइन ल्याङ्गेवजलाई निरन्तरता दिइएको ‘एक्स’ मोडल एसयूभी सेपमा तयार भएको देखिन्छ । एमजी फोर एक्सको अगाडि थ्रु टाइप लाइटबार, एमजीको इलुमुनेटेड लोगो, विल्कुलै नयाँ डिजाइनको एयर ड्याम र फ्रन्ट फेसियामा देख्न सकिन्छ ।

यसको साइड बडी डिजाइन पनि केही फरक देखिएको छ । हेर्दा नै ग्राउण्ड क्लियरेन्स एमजी फोरको तुलनामा एक्स मोडलमा धेरै हुने अनुमान गर्न सकिन्छ ।

एमजी फोर एक्सको लम्बाइ ४३९५ एमएम, चौडाइ १८४२ एमएम र उचाइ १५५१ एमएम रहने छ । यसमा ह्वीलबेस भने २७५० एमएम लामो दिने कम्पनीले उल्लेख गरेको छ ।
तीव्र गतिमा चलाउन मिल्ने एमजी फोर एक्स युवा लक्षित एसयूभीको रूपमा बजारमा आउने छ । यसमा फिचरहरू पनि निकै प्रिमियम खालका हुनेछन् । लिक्विड सोलिड स्टेट ब्याट्री प्रयोग हुने एमजी फोर एक्सको इन्टेरियर फिचरको बारेमा जानकारी बाहिर आएको छैन ।

एमजीले युरोपियन बजारलाई ध्यानमा राखेर ल्याउने एमजी फोर एक्स टेक फिचर र क्याबिन फिचरको आधारमा पनि उत्कृष्ट मोडल हुनेछ । यसका धेरै फिचरको बारेमा अहिलेसम्म जानकारी दिएको छैन ।


Back_to_top