काठमाडौं । काठमाडौंको सामाखुसीमा हिरो मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम संचालनमा आएको छ ।
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सको डिलर माई अटो ट्रेड सेन्टरले उक्त शोरुम संचालनमा ल्याएको हो ।
नयाँ शोरुमबाट ग्राहकले हिरो ब्राण्डका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । साथै, बिक्रीपछिको सेवा, सर्भिसिङ, जेन्युइन स्पेयर पार्टसको सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।
हिरोको नयाँ शोरुम संचालनमा आएसँगै समाखुसी तथा आसपासका क्षेत्रका ग्राहकलाई नयाँ मोटरसाइकल खरिद तथा सर्भिस सुविधा लिन अझ सहज हुनेछ ।

