एमजीको दुई सिट क्षमताको कन्भर्टेवल कारमा आकर्षण

काठमाडौं । चीनमा हुने चार ठूला अटो शो मध्येको एक ‘चेन्दु अटो शो’ अहिले चलिरहेको छ । गत शुक्रबार सुरु भएको उक्त अटो शोमा १२८ ब्राण्डका १६ सयभन्दा बढी गाडीहरु प्रदर्शनीमा छन् ।

उक्त अटो शोमा १०८ वटा नयाँ मोडलका कारहरु सार्वजनिक भएका छन् । जसमा ४० मोडल भने ‘न्यू इनर्जी भेहिकल’ हुन् । चेन्दु अटो शोमा प्रमुख आकर्षणको रुपमा एमजीको २ सिटर कन्भर्टेवल स्पोर्टस् ईभी ‘साइबरस्टर’ रहको छ ।

गत जुलाईमा वेलायतमा भएको गुडउड फेस्टीवलमा देखाइएको साइवरस्टर ६० तथा ७० को दशकमा चर्चामा रहको एमजीको रोडस्टर डिजाइनमा आधारित रहेको छ ।

एसएआईसीको नेबुला प्योर इक्लेक्ट्रीक एक्सक्लुसिभ सिस्टम प्लेटफर्ममा बनेको साइवरस्टरको च्यासिस एफवान रेसको मास्टरबाट एड्जस्ट गरेको हो । उक्त शोमा रातो कलरमा मात्र देखाइएको साइवरस्टर सिल्भर, एल्लो तथा क्रिम ह्वाइट कलरमा पनि आउने छ ।

दुई सिट क्षमताको भएता पनि साइवरस्टरको लम्बाई ४५३५ एमएम छ, भने चौडाई १९१३ एमएम, उचाई १३२९ एमएम छ । यसमा २६९० एमएम लामो ह्विलवेस पाउन सकिन्छ ।

आकर्षक एक्टेरियर डिजाइनमा तयार भएको एमजी साइवरस्टरमा स्पोर्टी बम्पर तथा सिजर डोर रहेको छ । इन्टेरियरमा पूरै नाप्पा लेदर प्रयोग भएको छ भने ड्यासबोर्डमा ३ वटा स्कृन पाउन सकिन्छ । यो इभीमा थ्री स्पोक फ्ल्याट बटम मल्टीफङ्सनल स्टेरिङ ह्वील रहेको छ ।

यो कारको इन्फोटेन्मेन्ट सिस्टम अनरियन इन्जिन ४.० आकर्षक ग्राफिक्स डिजाइन र क्वालकमको ८१५५ चीपको पावर रहेको छ । हाइटेक फिचरहरु रहेको यो स्पोर्टी कारमा म्युजिकका लागि अमेरिकी कम्पनी वोसको म्यूजिक सिस्टम प्रयोग भएको छ ।

अलह्विल ड्राइभ र रियर ह्वील ड्राइभ गरी दुई फरक इन्जिन अप्सनमा उपलब्ध रहने साइबरस्टरको रियर ह्वील ड्राइभ भर्सनमा ३१४ हर्सपावरको इलेक्ट्रीक मोटर रहने छ ।

यसको अल ह्वील ड्राइभ भर्सनमा भने अगाडि २०४ हर्स पावरको मोटर र पछाडि ३४० हर्स पावरको मोटर दिइएको छ । एमजी साइवर स्टरको अल ह्वील ड्राइभको संयुक्त पावर ५४४ हर्स पावर र ७२५ न्यूटन मिटर टर्क रहेको छ । यो कार जम्मा ३.२ सेकेन्डमै शून्यबाट १०० किलोमिटरको स्पीडमा गुड्न सक्छ ।

एसएआईसी र सीएटीएलको जोयन्ट भेन्चर कम्पनीले बनाएको एनएमसी कम्पोजीसनको ब्याट्री यसमा छ । ७७ किलोवाटको ब्याट्री प्याक रहेको कारले सिंगल चार्जमा ५८० किलोमिटरसम्म रेन्ज दिने छ ।

चीनमा यहि वर्षको अन्त्यबाट बिक्री सुरु हुने एमजी साइबरस्टरको वेस मोडलको सुरुवाती मूल्य ३३ हजार डलरदेखि ३७ हजार डलर हुने अनुमान गरिएको छ । यो कन्भर्टेवल स्पोर्टस् कार नेपाल पनि आउन सक्ने मोडल हो ।


Back_to_top