काठमाडौं । विद्युतीय कार छिटोभन्दा छिटो चार्ज गर्ने टेक्नोलोजी सबै कम्पनीले प्रयोग गर्न थालका छन् । ईभीको बढ्दो प्रयोगसँगै चार्जिङ समय घटाउन कम्पनीहरु लागि परेका छन् ।
ईभीको रिचार्ज गर्ने समय उल्लेखनिय रुपमा घटाउन कम्पनीहरुले ८०० भोल्ट आर्किटेक्चरको इनोभेसन भएको हो । अहिले उत्पादन भइरहेको प्रायः धेरै ईभीहरु ४०० भोल्ट आर्किटेक्चरमा बनेका छन् । तर अउडी, पोर्श्चे, हुन्डाई मोटर ग्रुपले भने ८०० भोल्ट आर्किटेक्चरको प्रयोग गर्न थालेका छन् ।
यस हिसावले नेपालमा ८०० भोल्ट आर्किटेक्चरको लिडर हुन्डाई हो । हुन्डाईले नेपालमा बिक्री गर्दै आएको आयोनीक ५ क्रसओभर मोडल ८०० भोल्ट आर्किटेक्चरमा तयार भएको हो । कियाले नेपालमा बिक्री सुरु गर्न लागेको ईभी ६ पनि सोही आर्किटेक्चरमा उत्पादन भएको हो ।
लुुसिड एयरले भने ९०० भोल्ट आर्किटेक्चरको प्रयोग गर्न थालेको छ । एक रिपोर्टका अनुसार सन् २०२५ सम्ममा विश्वमा उपलब्ध धेरै ईभीहरु ८०० भोल्ट आर्किटेक्चरमा सिफ्ट भइसक्नेछन् ।
यो आर्किटेक्चरको मुख्य फाइदा भनेको चार्जिङ स्पीड हो । अहिले धेरै अटोमोवाइल कम्पनीले ३५० किलोवाटको स्पीडमा चार्ज गर्ने चार्जर बनाइ रहेका छन् । विश्व बजारमा अहिले ३५० एम्पीयर करेन्ट १००० भोल्टेज क्षमताको चार्जर बनेको छ यसको अधिकतम आउटपुट ३५० किलोवाट हो ।
अहिलेसम्म बनेका कुनै पनि गाडीले ३५० किलोवाटको स्पीडमा ईभी चार्ज भएको देखिएको छैन । एक परिक्षण अनुसार ८०० भोल्ट आर्किटेक्चरमा बनेको पोर्श्चे टाइकानले २६० किलोवाटको स्पीडमा रिचार्ज लिएको थियो ।
अहिले विभिन्न कम्पनीले ४०० किलोवाट कम्बाइन चार्जिङ सिस्टमको हार्डवेर बनाइरहेकका छन् । साथै, ७०० किलोवाट क्षमताको चार्जर पनि परीक्षण भइरहेको छ ।
८०० भोल्ट आर्किटेक्चरको अर्को मूख्य फाइदा भनेको इफिसीयन्सीमा सुधार गर्नु हो । लामो रेन्ज हुने ईभीमा ठूलो साइजको व्याट्री हुन्छ । जसका कारण सवारीको तौल पनि बढ्छ । तर, ८०० भोल्ट आर्किटेक्चरमा भने थोरै इलेक्ट्रीक क्षतीमा धेरै पावर डेलिभर हुन्छ । त्यही कारण लामो दूरीको ड्राइभिङ रेन्ज, कम अपरेशन कस्ट लाग्नुका साथै यसको पफर्मेन्स पनि राम्रो हुन्छ ।
अहिलेसम्म बनेका कुनै पनि गाडीले ३५० किलोवाटको स्पीडमा ईभी चार्ज भएको देखिएको छैन । एक परिक्षण अनुसार ८०० भोल्ट आर्किटेक्चरमा बनेको पोर्श्चे टाइकानले २६० किलोवाटको स्पीडमा रिचार्ज लिएको थियो ।
त्यस्तै हुन्डाई आयोनीक ५ले २३३ किलोवाटको स्पीडमा चार्ज लिएको थियो भने लुसिड एयर भने ३०० किलोवाटको स्पीडमा चार्ज भएको हो । तर, पनि ४०० भोल्ट आर्किटेक्चरमा भन्दा ८०० भोल्ट आर्किटेक्चरमा ५० प्रतिशत कम समयमा गाडी चार्ज हुने प्रमाणित भइसकेको छ ।
अहिले संचालनमा रहेको ८०० भोल्ट आर्किटेक्चरम बनेका हुन्डाई आयोनिक ५ र किया ईभी–६ जम्मा १८ मिनेटमा १० बाट ८० प्रतिशत रिचार्ज भएको थियो । पोर्श्चे टाइकान २२.५ मिनेटमा ५ बाट ८० प्रतिशत रिचार्ज भएको थियो । लुसिड एयर भने २० मिनेटमानै ५ बाट ८० प्रतिशत चार्ज भएको हो ।

