हिरो करिज्माको भारतमा बुकिङ सुरु, अनुमानभन्दा सस्तो मूल्य

काठमाडौं । हिरोले आफ्नो लेजेन्ड्री मोडल करिज्माको बुकिङ सुरु गरेको छ । कम्पनीले आफ्नो पुरानै करिज्मा नेम प्लेटमा नयाँ डिजाइनसहित करिज्मा ल्याएको हो ।

यस अघि २२३ सीसी इन्जिनमा रहेको करिज्मा अहिले २१० सीसी इन्जिनमा आएको छ । कम्पनीले यसको मूल्यपनि अनुमान गरेभन्दा सस्तो ल्याएको भारतीय मिडियाले उल्ल्ेख गरेका छन् ।

धेरैले २ लाखभन्दा माथि मूल्यमा राखेर यसको बिक्री सुरु हुने अनुमान गरेका थिए । तर, हिरो मोटोकर्पले १ लाख ७२ हजार ९०० रुपैयाँ एक्स शोरुम मूल्य राखेर करिज्माको बुकिङ सुरु गरेको हो ।

फ्ल्यागशिभ सिरिजमा सार्वजनिक गरेको करिज्मा यसको आइकनिक यल्लो कलरको अलावा टर्वो रेड र मेट फ्यान्टम ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।

कम्पनीले अल न्यू करिज्मा एक्सएमआर २१० मा अल एलइडी लाइट, स्मार्ट कनेक्ट फिचर, टर्न वाइ टर्न नेभिगेशन जस्ता फिचर दिइएको छ ।

हिरो मोटोकर्पले पहिलो पटक डिओएचसी इन्जिन सेटअपमा हिरो मोटरसाइकल ल्याएको हो । करिज्मामा लिक्वीड कुल्ड इन्जिन, डुअल च्यानल एबीएस, स्लिपर एसिस्ट क्लच, ६ स्पीड गियर, वाइडर रियर टायर जस्ता फिचर पहिलो पटक प्रयोग गरिएको छ ।

करिज्मामा २१० सीसी लिक्वीड कुल्ड, फोर भल्भ इन्जिन दिइएको छ । यो इन्जिनले ९२५० आरपीएममा अधिकतम २५.५ पीएस पावर तथा ७२५० आरपीएममा २०.४ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियर बक्स उपलब्ध छ भने यसको टप स्पीड १४० किलोमिटर रहेको छ ।


Back_to_top