एमजीले सार्वजनिक गर्यो इलेक्ट्रीक एसयूभी जेडएस

एमजी मोटरले आफ्नो चर्चित एसयूभी जेडएसलाई इलेक्ट्रीक भर्सनमा ल्याउने भएको छ । एसएआईसीको स्वामित्वमा रहेको व्रिटिश कम्पनीले यसको प्रोडक्ट रेन्ज र टेक्नोलोजीलाई गत महिना चीनमा सार्वजनिक गरेको थियो । 

कम्पनीले प्रिमियम एसयूभी स्पेशमा जिरो इमिसन भेइकल सार्वजनिक गरि फस्र्ट–मूभर बन्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले आफ्नो नयाँ इलेक्ट्रीक जेडएस मोडललाई भर्खरै चीनमा सम्पन्न ग्वानझाओ अन्तर्राष्ट्रिय अटो शोमा सार्वजनिक गरेको हो । 

एमजीको ई–जेडएस इलेक्ट्रीक एसयूभीको लम्बाई ४ हजार ३१४ एमएम रहेको छ । यस गाडीमा चार्जिङ्ग–स्लट, नयाँ डिजाइनको अलोए–ह्वील, ई–जेडएस बेजिङ्ग, यूनिक क्ल्यू–कलरलगायतका फिचरहरू उपलब्ध छ । 

अन्तर्राष्ट्रिय बजारमा यसले हुन्डाईको कोना–ईभीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । ई–जेडएसमा ११० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ भने, यसले ३३५ किलोमिटर माइलेज दिन्छ । यदि गाडीलाई ६० किलोमिटर प्रतिघन्टा रहेको स्पीड मेन्टेन गरेर चलाउने हो भने यसले एक पटकको फुल चार्जमा ४२८ किलोमिटर गुडाउन सकिन्छ ।

भारतमा यस्तो छ तयारी

कम्पनीले बजार बिस्तारलाई केन्द्रमा राखेर भारतीय बजारमा आफ्नो उपस्थिति बलियो बनाउन लागिपरेको छ । एमजीले सेप्टेम्बर २०१७ मा जनरल मोटरबाट हिलोल प्लान्टलाई खरिद गरेको थियो । उक्त प्लान्ट उच्चगुणस्तर र विश्वस्तरीय मापदन्ड अनुशरण गरेको बताइएको छ । 

भारतमा कम्पनीले आफ्नो ८० हजार युनिट गाडीको उत्पादन क्षमतालाई विस्तार गर्दै वार्षिकरुपमा २ लाख युनिट उत्पादन पुर्याउनेसमेत योजना बनाएको छ ।


Back_to_top