पछिल्ला दिनहरूमा विभिन्न टेक तथा अटो कम्पनीहरूले स्वचालित गाडीको परीक्षण गरिरहेका छन् । अटोमेटिक गाडीहरू जसलाई सेल्फ ड्राइभिङ्ग कारको रुपमा जानिन्छ, त्यसले आगामी दिनहरूमा समाजलाई कसरी परिवर्तन गर्छ भन्ने एउटा नयाँ अध्ययन रिपोर्ट सार्वजनिक भएको छ ।
अटोनोमस भेइकल एण्ड दि फ्यूचर अफ अर्वान टुरिजमको अध्ययन रिपोर्टमा यो नयाँ प्रविधिको कारण समाजमा पर्ने सकारात्मक प्रभाव र दुष्प्रभावहरूको बारेमा उल्लेख गरिएको छ । जसमा यो पनि भनिएको छ कि यो टेक्नोलोजी केवल सहरी पर्यटन उद्योगमा मात्र प्रभाव पार्ने नभई यसले आगामी दिनमा सबै किसिमको उद्योगमा प्रभाव पार्नेछ ।
अनुसन्धानकर्ता स्कट कोहेनकाअनुसार सेल्फ ड्राइभिङ्ग कारको मालिकले यसमा खाना खाओस्, सुतोस् वा सेक्स गरोस् यो महत्वपूर्ण होइन्, तर महत्वपूर्ण प्रश्न भनेको यो कहिले हुनेवाला छ भन्ने हो ।
अध्ययन रिपोर्टअनुसार सेल्फ ड्राइभिङ्ग टेक्नोलोजीले पर्यटन क्षेत्रलाई भने पूर्णरुपमा परिवर्तन गरिदिनेछ । किनकी यसमा यात्रुहरू आरामले सुत्न सक्नेछन् भने उनीहरू कारले आफूलाई कहाँ लैजाँदैछ भन्ने विषयमा पनि लापरबाही हुनेछन् । यस्तो कार चालकरहित हुने हुँदा उनीहरूलाई चालकको व्यवहारदेखि कुनै समस्या नआउने हुन्छ ।
अध्ययनले यो टेक्नोलोजीका कारण समाजमा पर्ने केही नकारात्मक असरहरूमा पनि उल्लेख गरेको छ । अध्ययनकाअनुसार सेल्फ ड्राइभिङ्ग कारको भित्र यौन क्रियाकलापको घट्नामा वृद्धि हुनेछ र यसले यौन व्यवसायलाई पनि तिब्ररुपमा बढाउने छ । यसको कारण कयौँ क्षेत्रहरूमा रेड–लाइट एरिया तिब्ररुपमा बढ्न सक्नेछन् ।
अटोनोमस भेइकल एण्ड दि फ्यूचर अफ अर्वान टुरिजमको एक अध्ययनकाअनुसार सेल्फ ड्राइभिङ्ग एक किसिमको गतिशील प्राइभेट रुम जस्तो हुनेछ, जसले होटल र रेष्टुरेन्टको व्यापारमा असर पार्नेछ ।
त्यस्तै, सेल्फ ड्राइभिङ्गमा मानव चालक नहुने हुँदा त्यसभित्र लागूपदार्थको प्रयोगसहित यौन क्रियाकलापको घट्नामा पनि वृद्धि हुनेछ । जसले गर्दा अमेरिकी वा युरोपेली मुलुकहरूमा हुने ‘होटल्स वाई दि आवर’को कन्सेप्टलाई नै परिवर्तन गरिदिन सक्नेछ ।
एक रिपोर्टअनुसार लगभग ६० प्रतिशत अमेरिकनहरूले कारमा नै सेक्स गरिसकेका छन् ।
यो रिपोर्टमा सहभागी रहेका अनुसन्धानकर्ता स्कट कोहेनकाअनुसार सेल्फ ड्राइभिङ्ग कारको मालिकले यसमा खाना खाओस्, सुतोस् वा सेक्स गरोस् यो महत्वपूर्ण होइन्, तर महत्वपूर्ण प्रश्न भनेको यो कहिले हुनेवाला छ भन्ने हो । सो अध्ययनमा यो प्रश्नको पनि उत्तर दिइएको छ ।
अध्ययनअनुसार यो सेल्फ ड्राइभिङ्ग टेक्नोलोजी सन् २०४० सम्म हाम्रो वरिपरि पूर्णरुपमा फैलिसकेको हुनेछ ।

