काठमाडौं । मासिक ४१ हजार किस्ता तिर्नेगरी एमजी-५ खरिद गर्न सकिन्छ । दुई साता अगाडि बजारमा बिक्री सुरु भएको एस–५ मूल्यको कारण चर्चामा रहेको एसयूभी हो ।
पारामाउन्ट मोटर्सले डिलक्स एस-५ मोडलको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ । कम्पनीले बिक्री सुरु गरेको डिलक्स भेरियन्ट सबैभन्दा कम मूल्यको हो ।
नेपाल राष्ट्र बैंकले भ्यालू टु लोन रेसियो ६०/४० गरेको कारण एस-५ किन्ने मानिसले मूल्यको ४० प्रतिशतले हुन आउने १७ लाख ५९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । बाँकी २६ लाख ३९ हजार रुपैयाँ बैंकबाट कर्जा सुविधा पाउन सकिन्छ ।
अहिले बैंकिङ क्षेत्रले औषत ८ प्रतिशतमै कर्जा उपलब्ध गराएका छन् । केही बैंकले त्योभन्दा पनि कम ब्याजदरमा कर्जा दिइरहेका छन् । यसरी लिएको कर्जा ८४ किस्तामा तिर्ने सुविधा उपभोक्ताले पाउने छन् । जहाँ मासिक ४१ हजार १३८ रुपैयाँ तिर्दा पुग्छ ।
सम्पूर्ण किस्ता विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।
एमजी एस-५ प्योर ईभी प्लेटफर्ममा बनेको रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध क्रसओभर मोडल हो । निकै सार्प लुक्स, बेजोड पर्फमेन्स र फिचर लोडेड एसयूभी मूल्यका हिसाले पनि उत्कृष्ट छ ।
यसमा ४९ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले प्रमाणित गरेको छ ।