भीडब्लूको कारमा १० लाखसम्म छुट, बाइ ब्याक ग्यारेन्टी पाइने

काठमाडौं । जर्मन ब्राण्डको फक्सवागेनको आधिकारीक बिक्रेता पुजा इन्टरनेशनल नेपालले टाइगुन कारमा १० लाखसम्मको छुट दिदै आएको छ । कम्पनीले विभिन्न स्कीममा दिन लागेको रकम जोडेर १० लाखसम्मको छुट दिने भएको हो ।

कम्पनीले दिने १० लाख रुपैयाँमा नगद छुट र बाइ ब्याक ग्यारेन्टी दिने भएको छ । टाइगुन एसयूभी खरिद गर्ने उपभोक्ताले एक्सचेन्ज र लोयलटी बोनस पनि पाउने छन् ।

पुजा इन्टरनेशनल नेपालले टाइगुन खरिद गर्ने उपभोक्ताले सुरुमै ५०० लिटर पेट्रोल वापतको रकम दिनेछ। कम्पनीले सवारी साधन वापत तिर्नु पर्ने कर पनि दुई वर्षको तिरि दिने जनाएको छ ।

नयाँ गाडी किन्ने उपभोक्तालाई कम्पनीले ३ वर्षसम्म फेर्ने ठूला पार्टस्मा १५ प्रतिशत छुट उपभोग गर्न पाउने छन् । यसका अलावा ४ वर्षसम्म कन्जुमेवल पार्टस्हरु निःशुल्क फेर्ने जनाएको छ । यस्ता पार्टस्मा इन्जिन आयल, इन्जिन फिल्टर, एयर फिल्टर, ब्रेक प्याड, ब्याट्री, स्पार्क प्लग सेट, वाइपर ब्लेड सेट र कुलाइन्ट निःशुल्क फेरिदिने छ ।

कम्पनीले कुनै पनि उपभोक्ताले बीचमै बिक्री गर्न चाहेको खण्डमा ५ वर्षसम्म बाइ ब्याक ग्यारेन्टी दिने जनाएको छ ।


Back_to_top