काठमाडौं । एमजीले केहि समय अगाडि ‘बेजिङ मोटर शो’मा आधिकारिक रुपमा आफ्नो एक्स–मोसन कार सार्वजनिक गरेको थियो ।
आगामी वर्षबाट सडकमा देखिन थाले यस गाडीले एमजी ब्रान्डको रेन्ज–टपिङ्ग एसयूभीको प्रस्तुति दिने लक्ष्य लिएको छ । आउँदै गरेको एक्स–मोसनको सुरुवाती मोडलमा पाँच यात्रीले सहज यात्रागर्न मिल्ने ठूलो सिटिङ्ग क्षमताको एसयुभी उत्पादन हुने सम्भावना रहेको देखिन्छ ।
हालको अन्य उत्पादन भइरहेका एमजी मोडेल २ एस र जिएसजस्तै एक्स–मोसन कन्सेप्टको डिजाइन पनि निकै आकर्षक र मनमोहक रहेको छ । यसमा डिजाइन गरिएको हेडलाइट, फ्रन्ट ग्रिल निकै उत्कृष्ट रहेको छ भने, ब्याक ह्वील आर्क रहेको छ । यसमा पछाडी यात्रागर्ने यात्रीका लागी सानो झ्याल राखिएको छ । स्पोइलर रुफ दिइएका यस एसयुभीमा इनफिनिटी–इस्क्यू–टेललाइट दिइने छ ।
बजारमा आउने एमजी एक्स–मोसनमा २.० लिटर पेट्रोल इन्जिन क्षमताको हुनेछ । तर, यसले कति ब्रेक हर्सपावर र टर्क उत्पादन गर्छ भन्ने कुरा चाहिँ स्पष्ट गरिएको छैन ।
यद्यपी, कम्पनीले इलेक्ट्रीफाइड पावर ट्रेन भएको गाडी ल्याउने भन्ने कुराको चाहिँ पुष्टि गरिसकेको छ । यो एसयुभीमा व्रmुज कन्ट्रोलको साथ टु ह्वील ड्राइभ र ४ ह्वील ड्राइभ दुबै फिचरमा आउने छ ।