बाइक वा स्कुटर पानीमा डुबे यी काम गर्नुस् बनाउने खर्च बच्छ

Not found

काठमाडौं । लगातार परिरहेको बर्षाका काराण काठमाडौ तथा भक्तपुरमा पानी जमिरहेको छ । कति घर डुवानमा परिरहेका छन् भने कतै खोलाले सडक तथा बजारसमेत डुवानमा परेको छ । वर्षातको समयमा तराईका जिल्लामा यस्तो समस्या अझ धेरै हुने गरेको छ । यस्तो अवस्थामा सबैले आफू र आफ्नो परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिने गर्छन् । 

मानिस सुरक्षित भएपछि मात्र आफ्नो सम्पती र सवारी साधनको खोजी गर्ने हो । नेपालको जस्तो ढल निकासको व्यबस्था राम्रो नभएको ठाउँमा, जहाँ कही पार्क गरेको सवारीसाधन पनि भारीबर्षा भएमा वा सानै बर्षामा पनि ढल निकास थुनिएर डुब्न सक्छ । 

कहिले काँही खोलानाला पारगर्दा पनि बाइक ढलेर डुब्ने वा बगाउने हुन सक्छ । यस्तो अवस्थामा के गर्ने हाला ? आफ्नो बाईकलाई पुनः चलाउन कस्तो उपाय लगाउने ? जस्ता बिषय सबैका मनमा अन्योलता उठ्ने गर्छ । यसको निराकरणको लागि हामी तपाईलाई केही टिप्स दिदैछौं । 

पानीमा डुबे के गर्ने ?


पार्किङ्ग गरेको स्थानमा बाइक डुबेमा पानी तर्किन दिनु पर्छ । किनकी १०० केजी भन्दा धेरै वजन भएका बाइक पानी र हिलोमा गाडीएपछि त्यसलाई हल्लाउन पनि नसकिने अबस्था आउछ । 

बिगतमा लामो समय यामाहाको इन्जिनियरिङ विभाग प्रमुख भइ कामगरेका ई. अनिल बरालले यस्तो अबस्थामा के गर्ने भनेर यहाँ केही टिप्स दिएका छन् । 

बरालकाअनुशार, यसरी डुबेको बाइकलाई सुख्खा ठाँउमा ल्याएपछि साँचो हालेर अन गर्नु हुदैन । त्यस्तै किकबाट स्टाट गर्नुपर्ने बाइक हो भने किक हानेर स्टार्ट गर्ने प्रयाससमेत गर्नु हुदैन । यसले त झन इन्जिनको सबै ठाँउमा पानी पुर्याई झनै क्षति पूर्याउने छ । 

सबैभन्दा पहिला बाइकमा रहेको पुरै फुयुल खालिगर्नुस्, त्यसपछि इन्जिनमा रहेको लुब्रिकेन्ट पनि ड्रेन गर्नुस् । ब्याट्रीकाे कनेक्सन छुटाउनुस र त्यसलाइ सुख्खा कपडाले पुछेर राख्नुहाेस् । इन्जिनलाई कम्तीमा पनि २, ३ पटक फ्लस गर्नूस् । इन्जिनलाई सकेसम्म सुकाउने र सुख्खा बनाउने प्रयास गर्नुहोस् । 

बाइकमा रहेको एयर बक्स र फिल्टर बक्समा पनि पानी छिरेको हुन सक्ने भएकोले त्यसलाई पनि खोलेर पूरा सफा गर्नुहोस् । साईलेन्सरको मफ्लर ड्रेन गर्नुपर्छ त्यहाँ पनि पानी हुन सक्छ । त्यस्तै फ्युल सिस्टमको कार्बोरेटर पनि ड्रेन गर्नू पर्छ र सफा गर्नुपर्छ । त्यसछि इन्जिनको हेड निकालेर सफा गर्नूहोस् । 

अन्त्यमा इन्जिन र सिस्टममा पानी छैन भनेर ढुक्क भएपछि मात्र स्टार्ट गर्नु पर्छ । यो सबैकाम जानकार मेकानिक्सले मात्र गर्न सक्छ । आफै प्रयास नगर्नुहोला वा जुन कम्पनीको बाइक हो सोही कम्पनीको आधिकारीक सर्भिस स्टेसनमा लानु होला । 

यी प्रक्रियाहरु गरेमा पानीमा डुबेको बाइकलाई ठूलो रकम खर्चगरेर बनाउनु पर्दैन । यसबाट सानो सावधानीले ठूलो बचावट गर्न सकिन्छ । 



image not found