काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागि आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले यही माघ १९ गते देखि लागु हुनेगरी ५ दिने एक्सचेन्ज अफर सन्चालन गर्ने भएको छ ।
कम्पनीको उपत्यका भित्रका सबै आधिकारिक शोरुमहरुमा लागु हुनेगरी उक्त कार्यक्रम संचालन गर्ने जनाएको छ । यो एक्सजेन्ज अफरमा कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकलमा बजार मूल्यांकनमा थप २० हजार थपेर दिने कम्पनीले जनाएको हो ।
यसका साथै उक्त पाँच दिने कार्यक्रममा नगदमा मोटरहेडका वाइक खरिद गर्दा ग्राहकले १० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले फाइनान्समा मोटरसाइकल खरिद गर्ने ग्राहकका लागि समेत ८ हजार नगद छुटको व्यवस्था गरेको छ ।
उपत्यका भित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ धोविघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजु शोरुममा एक्सचेन्ज सुविधा पाउन सकिन्छ ।
मोटरहेडका स्पोर्टस् २५०, एक्सटर्क २५०, एमएच २०० एक्स, टेकन २५०, टेकन २५० आर, एमएच १५० आर, स्क्रयावलर जस्ता मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेका छन् ।


