यी हुन् भारतमा फेस्टिभ सिजनमा सार्वजनिक हुने कार, नेपाल आउलान्

उपभोक्ताको चाहना नयाँ नै खोज्ने हुन्छ । त्यसैलाई मध्येनजर गर्दै उत्पादकहरुले नयाँ नयाँ उत्पादन समयक्रम अनुसार ल्याउछन् । सवारीसाधनको हकमा पनि त्यस्तै लागु हुन्छ । भारतमा सवारी उत्पाकहरुले दिवाली अर्थात चार्डपर्वलाई लक्षित गरि नयाँ कार सार्वजनिक गर्ने तयारी गरेका छन् । 

यहाँ २०१९ को दिवालीमा सार्वजनिक गर्ने तयारी गरिएका कारको बारेमा उल्लेख गरिएको छ । विभिन्न सवारी उत्पादकहरुले दिवालीलाई लक्षित गरि ल्याउन लागेका कारहरु यी हुन् । 

मारुती सुजुकी एस–प्रेसो

यो सुजुकीले उत्पादन गरेको पहिलो माइक्रो एसयूभी हो । मारुती सुजुकीले २०१८ को अटो एक्सपोमा फ्युचर एस–कन्सेप्टको रुपमा प्रदर्शन गरेको थियो । यो कार पनि मारुतीको इन्ट्रिलेवल कार नै हुनेछ । १.० लिटर ३ सिलिन्डर इन्जिनमा आउने यो कार २०१९ को दिवालीलाई लक्षित गरि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । 

टाटा अल्ट्रोज

टाटाले पछिल्लो केही वर्षयता ठूलै संख्यामा नयाँ सवारी सार्वजनिक गरि रहेको छ । प्रिमियम ह्याचब्याक सेगमेन्टमा टाटाले नयाँ अल्ट्रोज कार सार्वजनिक गर्दैछ । यो कार पनि टाटाले २०१८ को अटो एक्सपोमा कन्सेप्टको रुपमा प्रस्तुत गरेको थियो । नयाँ प्रविधिमा आधारित यो कार २०१९ को दिवालीलाई लक्षित गरिएको छ ।

हुन्डाई ग्रान्ड आइटेन

हुन्डाईले अल न्यू ग्रान्ड आइटेन भारतीय बजारमा यही वर्षको फेस्टिभ सिजनमा सार्वजनिक गर्ने भएको छ । हाल बजारमा उपलब्ध ग्रान्ड आइटेन भन्या नयाँ आइटेन निक्कै फरक र परिस्क्रित हुने कम्पनीले जनाएको छ । 

मारुती सुजुकी भिटारा ब्रेजा फेसलिफ्ट 

मारुती सुजुकीको धेरै बिक्री हुने कम्प्याक्ट एसयूभी भिटारा ब्रेजाको फेसलिफ्ट भर्सन अर्को महिना सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ । फेसलिफ्ट भिटारा ब्रेजा पेट्रोल इन्जिनमा आउनेछ । ब्रेजा नयाँ प्रद्रषण मापदण्ड सहितको इन्जिमा उपलब्ध हुनेछ । 

होन्डा एचआर–भी

जापानी कार उत्पादक कम्पनी होन्डाले भारतीय बजारमा यही वर्षको दिवालीलाई लक्षित गरि नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । होन्डाले नयाँ प्रविधि र आकर्षक डिजाइनमा एचआर–भी सार्वजनिक गर्ने जनाएको छ । 

यी सबै सवारी नेपाली बजारमा आउने सम्भावना रहेको छ । भारतीय बजारमा सार्वजनिक भएका सवारी नेपाली बजारमा आउने गरेको छ । हुन्डाई ग्रान्ड आइटेन, मारुती सुजुकी भिटारा ब्रेजा, होन्डा एचआर–भी नेपाली बजारमा उपलब्ध रहेका छन् । यी सवारीको फेसलिफ्ट भर्सन नेपालमा आउने सम्भावना धेरै छ ।किनकी यी सवारी नेपाली बजारमा लोकप्रिय रहेका छन् । त्यस्तै अन्य कतिपय सवारी नेपाली बजारमा आउने क्रममा रहेका छन् भने कतिपय भारतमा सार्वजनिक भएपछि नेपाल आउने अनुमान गर्न सकिन्छ । 


Back_to_top