आजबाट नयाँ जेनेरेशन होन्डा सिटीको आधिकार विक्री सुरु, विभिन्न ६ भेरियन्टमा उपलब्ध हुने

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नयाँ जेनेरेशन होन्डा सिटी आजवाट आधिकारीक विक्री सुरु गर्दैछ । विभिन्न ६ भेरियन्टमा नेपाल आएको होन्डा सिटी सी सेग्मेन्ट सेडान कार हो ।

होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले सिटीको भि म्यानुयल, भि अटोमेटिक, भिएक्स म्यानुयल, भिएक्स अटोमेटिक, जेडएक्स म्यानुयल र जेडएक्स अटोमेटिक भेरियन्ट नेपाली बजारमा ल्याएको छ ।

होन्डाको १.५ लिटर वाटर कुल्ड इनलाइन ४ सिलिण्डर, आई-भिटीइसी डिओएचसी इन्जिन यसमा उपलब्ध रहेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको डिजेल इन्जिन पनि उपलब्ध रहेको भएपनि स्याकार ट्रेडिङले नेपालमा पेट्रोल इन्जिन मात्र उपलब्ध गराएको छ ।

होन्डा सिटीमा रहेको १४९८ सीसी क्षमताको इन्जिनले अधिकतम ६६०० आरपीएममा १२१ हर्स पावर र ४३०० आरपीएममा १४५ एनएम टर्क प्रदान गर्छ । ६ स्पीड म्यानुयल र सिभीटी गियरबक्स यसमा दिइएको छ ।

नयाँ सिटीको लम्बाई ४५४९ एमएम, चौडाई १७४८ एमएम र उचाई १४९८ एमएम रहेको छ । यसमा कम्पनीले २६०० एमएमको ह्वीलवेस दिएको छ भने ५०६ लिटरको बुटस्पेश पाउन सकिन्छ ।

अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक रहेको सिटीमा १६ इन्चको अलोय ह्वील दिइएको छ । कारमा प्रयोग गरिएका विभिन्न लाइटहरु एलइडी छन् । १७।७ सेन्टिमिटरको फुल एचडी टिएफटी डिस्प्ले, ८ वटा स्पीकर, इन्फोटेन्टमेन्ट सिस्टम, सुरक्षाका लागि एबीएस, इबीडी, एयरव्याग, हिल स्टार्ट असिस्ट, प्रजेक्टर हेडल्याम्प, डे टाइम रनिङ लाइट जस्ता फिचर नयाँ सिटीमा उपलब्ध रहेका छन् ।

यस्तो छ सबै भेरियन्टको मूल्य

सिटीको सुरुवाती भेरियन्ट भि म्यानुअलको मूल्य ५३ लाख ९० हजार र भि अटोमेटिकको मूल्य ५९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै भिएक्स म्यानुयलको मूल्य ५९ लाख ९० हजार र भिएक्स अटोमेटिकको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

होन्डा सिटीको टप भेरियन्ट जेडएक्स म्यनुयलको मूल्य ६३ लाख ९० हजार र जेडएक्स अटोमेटिकको मूल्य ६९ लाख ९० हजार निर्धारण गरिएको स्याकार ट्रेडिङले जनाएको छ ।


Back_to_top