भारतमा बन्द हुने बटोमा विभिन्न कम्पनीका १० मोडल

भारतमा कार उत्पादन र विक्री यति तिब्र गतिमा भइरहेको छ कि विश्वमा धेरै कार विक्री हुने देशमा भारत चौथो स्थानमा आइसकेको छ । यस्तोमा नयाँ कार आउने क्रमसँगै केहि बजारमा विक्री भइरहेका कारहरु बन्द पनि हुन्छन् ।

ग्राहकको रोजाई अनुसारको उत्पादन नभएपछि यस्ता मोडलहरु बजारबाट सधैको लागि विदा हुन्छन् । कुनै पनि कारको विक्री घट्दा त्यसको उत्पादक, वितरक र ग्राहकलाई पनि असर देखिन्छ । त्यस्तोमा बजारमा कमजोर विक्री भएका उत्पादन नटिक्न पनि सक्छन् ।

अहिले भारतीय बजारमा खासै विक्री हुन नसकेका कार सन् २०२१ मा बन्द हुने अनुमान गरिएको छ । जसमा डाट्सन, टोयोटा, महिन्द्रा, निसान, फोर्ड, होन्डा र हुन्डाईका केहि मोडल बन्द हुन सक्ने अनुमान गरिएको छ ।

१. डाट्सन गो

धेरैले भन्ने गर्छन् ‘डाट्सन ब्राण्ड आफैमा एउटा मिस्टेक’ हो । यसको विक्री भारतमा प्रति महिना ५० यूनिटभन्दा पनि तल रहेको छ । यस्तोमा कम्पनीले यसलाई निरन्तरता दिन कठिन देखिन्छ । सस्तो मूल्यको कार भएर पनि यो कारलाई भारतीय ग्राहकले ‘भ्यालु फर मनी’ मान्ने गरेका छैनन् ।

२. डाट्सन गो प्लस

७ सिट क्षमताको गो प्लसको विक्री निकै कमजोर रहेको छ । तर, यहि ग्रुपले ल्याएको रेनो टाइबरले निकै राम्रो बजार पाइरहेको छ । यस्तोमा कम्पनीले यो मोडललाई पनि बन्द गरेर अर्को मोडलमा फोकस गर्न सक्ने देखिन्छ ।

३. फोर्ड फिगो

फोर्ड फिगो चलाउन निकै उत्कृष्ट र ‘भ्यालु फर मनी’ हुँदा हुँदै पनि मासिक २०० देखि ३०० यूनिट मात्रै विक्री हुँदै आएको छ । जुन कम्पनीले विक्री गर्ने एस्पायर र फ्रिस्टाइल भन्दा निकै कम हो । यस्तोमा फोर्डले एसयूभी लाइनअपमा धेरै लगानी गरिरहेकाले फिगोको उत्पादन बन्द गर्न सक्ने संभावना देखिन्छ ।

४. होन्डा ज्याज

होन्डाले भारतमा उत्पादन गर्दै आएको ज्याज ह्याचव्याक संभवत २०२१ मा बन्द हुने छ । यसलाई कम्पनीले मासिक ६०० यूनिट हाराहारीमा विक्री गर्दै आएको छ । बजारमा यसका प्रतिस्पर्धी मोडलको विक्रीको तुलनामा यसको विक्री अत्यन्तै कम हो । यस्तोमा कम्पनीले आफ्नो ध्यान नयाँ सिभिक र सिआर–भीमा केन्द्रीत गरेर ज्याजको उत्पादन बन्द गर्न सक्ने छ ।

५. हुन्डाई एलेन्ट्रा

हुन्डाई एलेन्ट्रा डी सेग्मेन्ट सेडानमा उत्कृष्ट कार मानिन्छ । तर, यसको विक्री हेर्दा कम्पनीले यसलाई भारतमा निरन्तरता दिन्छ जस्तो लाग्दैन । जसरी भारतमा हुन्डाईले प्रिमियम कार सेग्मेन्टमा आएका सोनाटा, टुसान र सान्ता फेको विक्री गर्न सकिरहेको छैन, त्यसैगरि एलेन्ट्रामा पनि थप गर्न सक्ने देखिरहेको छैन । सन् २०२० मा कुनैपनि महिना ५० यूनिट एलेन्ट्रा विक्री गर्न सकेको छैन । यस्तोमा कम्पनीले यसलाई बन्द गर्न सक्ने देखिएको छ ।

६. महिन्द्रा इभेरिटो

महिन्द्राको इलेक्ट्रीक सेडान इभेरिटो पनि कमजोर विक्रीको कारण भारतमा बन्द हुन सक्ने देखिएको छ । कम्पनीले इकेयूभी १०० र एक्सयूभी ३०० को इलेक्ट्रीक मोडलमा आफुलाई फोकस गर्न इभेरिटो बन्द गर्न सक्छ । अहिले एसयूभी सेग्मेन्टमा टाटा नेक्सन, एमजी इजेडएस, हुन्डाई कोना जस्ता मोडल विक्री भइरहेको र यहि सेग्मेन्टमा प्रतिस्पर्धा गर्न महिन्द्राले आफ्नो इलेक्ट्रीक सेडान बन्द गर्न सक्ने देखिएको छ ।

७. महिन्द्रा केयूभी १००

महिन्द्राको माइक्रो एसयूभी केयूभी १०० को कमजोर विक्रीको कारण उत्पादन बन्द हुने अवस्थामा पुगेको छ । कम्पनीले भारतमा मासिक ५० यूनिट हाराहारीमा विक्री गर्दै आएको केयूभी १०० को इलेक्ट्रीक मोडल मात्रै विक्री गर्ने देखिएको छ ।

८. निसान किक्स

भारतमा कमजोर प्रदर्शनको कारण किक्स बन्द हुने अवस्थामा पुगेको छ । यसका प्रतिस्पर्धी मोडल क्रेटा र सेल्टोसको तुलनामा यसको विक्री अत्यन्तै कमजोर रहेको छ । यस्तोमा कम्पनीले आफ्नो सब फोर मिटर एसयूभी म्याग्नाइटमा फोकस गर्दै किक्सको उत्पादन बन्द गर्न सक्ने छ ।

९. टोयोटा यारिस

होन्डा सिटी, मारुती सियाज र हुन्डाई भर्नाको तुलनामा टोयोटा यारिसको विक्री निकै कमजोर रहेको छ । सन् २०१८ मा पछिल्लो पटक आएको यारिसले मासिक ४०० यूनिट हाराहारी विक्री गरिरहेकोमा कुनै महिना त १०० यूनिट पनि विक्री गर्न सकेको छैन । यस्तोमा यारिस पनि टोयोटाले २०२१ मा बन्द गर्न सक्ने अर्को मोडलमा पर्छ ।

१०. फक्सवागन भेन्टो

फक्सवागन भेन्टो पनि निकै कमजोर विक्रीको कारण समस्यामा रहँदै आएको मोडल हो । कम्पनीले भिजन इन अन्तर्गत नयाँ नयाँ मोडल ल्याउने तयारी गरिरहेकाले भेन्टोको उत्पादन बन्द हुन सक्छ ।


Back_to_top