भारतमा १० गुणासम्म बढ्यो ट्राफिक जरिवाना, कस्तो गल्ती गर्दा कति तिर्नुपर्छ ?

काठमाडौं । नेपालमा ट्राफिक नियम उल्लघंन गर्दा लाग्ने जरिवाना बढाउने तयारी भइरहँदा भारत सरकारले भने १० गुणासम्म बढाएको छ ।

भारतले सन् २०२५ मार्च १ देखि बढाएको जरिवाना तथा सजाय कार्यान्वयनमा ल्याएको हो ।

लापरवाहीपूर्वक सवारी चलाउन रोक्ने र सडक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले जरिवाना बढाइएको भारत सरकारले बताएको छ ।

भारतले कार्यान्वयनमा ल्याएको नयाँ नियममा ट्राफिक नियम उल्लंघन गरेमा ठूलो रकम जरिवाना तिर्नुपर्ने, जेल सजाय तथा सामाजिक सेवामा समेत काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

भारत सरकारले ड्रिङ्क एण्ड ड्राइभ गर्दा लाग्ने जरिवानमा १ हजारबाट बढाएर १० हजार भारुतीय रुपैयाँ पुर्याएको छ । बारम्बार गल्ती गर्नेको हकमा यसअघि १ हजार ५०० जरिवाना लाग्दै आएकोमा अब १५ हजार भारु र २ वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, सवारी सधान चलाउँदा मोबाइल प्रयोग गर्दा यसअघि लाग्ने जरिवाना ५०० रुपैयाँबाट बढाएर ५ हजार भारतीय रुपैयाँ बनाएको छ । त्यसैगरी, सिटबेल्ट तथा हेलमेट नलगाइ सवारी चलाएमा १ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि यस्तो गल्तीमा १०० भारु जरिवाना गरिँदै आइएको थियो ।

यता, नेपाल सरकारले पनि ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा सजाय गर्ने कानुन बनाइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०८१’ को मस्यौदा तयार पारिसकेको छ । उक्त विधेयमा ट्राफिक नियम मिच्नेलाई २ लाख रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था गरिएको छ । उक्त विधेकय अब सदनबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

यस्तो छ नयाँ मोटर भेहिकल अफेन्स र जरिवाना


Back_to_top