निसान इन्डियाको स्वामित्व रेनोले लियो

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले भारतमा रहेको रेनो-निसान जोयन्ट भेन्चरको ५१ प्रतिशत स्टेक खरिद गरेको छ । सेयर खरिदसँगै रेनो-निसान अटोमोटिभ इन्डिया प्राइभेट लिमिटेडको फुल कन्ट्रोल रेनोसँग हुने भएको हो ।

यी दुई कम्पनीले कति मूल्यमा सेयर कारोबार गरे भन्ने विवरण बाहिर आएको छैन । नयाँ सम्झौंता अनुसार कम्पनीको अप्रेशन र भविष्यमा हुने साझेदारीको विषय निरन्तर रहने बताइएको छ । निसानले भोलिका दिनमा पनि अहिले जस्तै रेनो-निसान अटोमोटिभ इन्डिया प्रालिबाटै गाडी उत्पादन गरेर भारतसँगै अन्य अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नेछ ।

‘रेनोको ग्लोबल ग्रोथ स्ट्रयाटीजी’ अन्तर्गत कम्पनीको स्वामित्व खरिद गरेको बताइन्छ । रेनो र निसानले भारतमा रहेको टेक्नोलोजी बिजनेस सेन्टर भने साझेदारी मै चलाउने भएका छन् । जहाँ ४९ प्रतिशत निसान र रेनो ग्रुपको ५१ प्रतिशत हिस्सेदारी रहनेछ ।


Back_to_top