काठमाडौं । निसान मोटर्सले भारतमा उत्पादन गरेको म्याग्नाइट फेसलिफ्टले ग्लोबल एनक्याप क्रयास टेस्टमा ५ स्टार रेटिङ प्राप्त गरेको छ। यसले वयस्क यात्रु सुरक्षामा ५ स्टार रेटिङ पाएको हो ।
ग्लोबल एनक्यापले म्याग्नाइटको तीन संस्करणहरूको परीक्षण गर्यो। तीमध्ये एउटाले मात्र पूर्ण ५ स्टारको रेटिङ पाएको हो । अन्य दुईले २ स्टार र ४ स्टार रेटिङ पाए ।
केवल २ एयरब्याग र इसीएस पनि नभएको बेस भेरियन्टले २ स्टार पाएको थियो । यसले वयस्क यात्रु सुरक्षाको लागि ३४ मध्ये २४.४९ अंक र बाल सुरक्षाको लागि ४९ मध्ये केबल १८.३९ अंक प्राप्त गर्यो।
६ वटा एयरब्यागहरू, इएससी, आइएसओ फिक्स,र सिटबेल्ट रिमाइन्डरहरू भएको मिड भेरियन्टले ४ स्टार प्राप्त गरेको थियो। यसले वयस्क सुरक्षामा २६.५१ अंक र बाल सुरक्षामा ३६ अंक प्राप्त गर्यो।
अन्ततः निसानले पछिल्लो समय लन्च गरेको अपग्रेडेड भेरियन्टले ५ स्टार पाउन सफल भएको थियो । यो संस्करणले वयस्क सुरक्षामा ३४ मध्ये ३२.३१ अंक प्राप्त गर्यो। यद्यपि, यसले बाल सुरक्षामा ४९ मध्ये ३३.६४ अंक प्राप्त गर्यो।
म्याग्नाइट नेपालमा पनि धेरै बिक्री भएको पेट्रोल कार हो । पछिल्लो समय म्याग्नाइटमा सुरक्षा लगायत केही फिचरहरु थप भएर आएका छन् ।
यसको कम्प्याक्ट बनावट र उच्च ग्राउन्ड क्लियरेन्सले म्याग्नाइट एसयूभीलाई नेपाली सडकहरूको लागि उपयुक्त बनाएको छ । नेपालमा, निसानका गाडीहरूको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प हो ।


