काठमाडौं । एनआइयू इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता इको इन्फिनिटीले नयाँ स्कुटर नेपाल ल्याएको छ । कम्पनीले गोभा जीओ-३ नयाँ स्कुटर नेपाल ल्याएको हो ।
कम्पनीले गोभा जिओ-३ को बुकिङ खुल्ला गरेको छ । कम्पनीले निषेधाज्ञा पश्चात् यसको डेलिभरी गर्ने तयारी गरिरहेको जनाएको छ । एनआइयू गोभा जिओ-३ को मूल्य २ लाख ५५ हजार रुपैयाँ निर्धारण गरेको जानकारी दियो ।
यो स्कुटरमा २.७ किलोवाटको मोटर जडान गरिएको छ । यसमा ६० भोल्ट ४० एम्पियरको लिथिएम आयोन ब्याट्री प्याक रहेको छ । यसलाई फुल चार्ज गर्न ५ घन्टा लाग्छ भने, यसले ९० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो स्कुटर प्रतिघन्टा ६० किलोमिटरको गतिमा गुड्न सक्छ ।
यसमा ब्लुटुथ कनेक्टिभिटी, डबल डिस्क ब्रेक, एलइडी लाइट्स जस्ता फिचर रहेको छ । नेपाली बजारमा एनआइयुले एन सिरिज, एनजिटी, एम सिरिज, एमक्युआई प्लस स्कुटर विक्री गर्दै आएको छ ।


