यामाहाले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक गर्दै

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले नयाँ स्कुटर नेपाल भित्र्याउने तयारी थालेको छ । यामाहाको आधिकारिक पेजमा (कमिङ सून) आउँछै छ ट्याग लाइन सहित स्कुटरको तस्विर सार्वजनिक गरेको हो । उक्त तस्बिरमा देखिए अनुसार यो यामाहा एनम्याक्स स्कुटर रहेको अनुमान गर्न सकिन्छ ।

यामाहा एनम्याक्समा १ सय ५५ सीसी इन्जिन रहेको छ जसले ८ हजार आपीएममा १४.८ पीएस पावर र ६ हजार आरपीएममा १३.५ एनएम टर्क दिन्छ । त्यस्तै एनम्याक्समा एलइडी लाइट सेटअप, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एबीएस, फ्रन्ट तथा रेयर डिस ब्रेकलगायत विशेषता रहेको छ ।

स्कुटरमा किलेस स्र्टाटको सुविधासमेत उपलब्ध रहेको छ । त्यस्तै एनम्याक्समा ६.६ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ । हेर्दा निक्कै आकर्षक देखिने यो स्कुटर नेपाली बजारमा हाल परिक्षणको क्रममा रहेको छ ।

एमएडब्ल्युले यो स्कुटरलाई नाडा अटो शो २०१९ मा प्रदर्शनी गरेको थियो भने अब चाडै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।


Back_to_top