महिन्द्राले बनायो हाइब्रिड मोटरसाइकल

चारपाङ्ग्रे सवारीमा मात्रै प्रयोग हुँदै आएको हाइब्रिड टेक्नोलोजी अब दुई पाङ्ग्रे सवारीमा पनि प्रयोग हुने भएको छ । अटोमोटीभ रिसर्च एसोसियसन अफ इन्डियामा महिन्द्राले आफ्नो मस्कुलर बाइक मोजोको हाइब्रिड प्याटेन्ट दर्ता गराएसँग यसको चर्चा बढेको हो ।

विश्वभर इलेक्ट्रीक भेहिकलको चर्चा चुलिएको र उत्पादकहरुले अर्बौ डलर यसमा खर्च गरिरहेको समयमा कम्बस्चन इन्जिनयुक्त गाडीलाई पनि हाइब्रिड, प्लगइन हाइब्रिड र इलेक्ट्रीकगरि विभिन्न अप्सनमा बजारमा ल्याउन थालेका हुन् । यस्तोमा महिन्द्राले मोजो हाइब्रिड टेक्नोलोजीमा ल्याउने भएको हो ।

यसमा कम्पनीले स्मार्ट हाइब्रिड टेक्नोलोजी प्रदान गरेको छ भने उच्च टर्क प्रदान गर्ने इलेक्ट्रीक मोटर इन्जिनसँग कनेक्ट गराएको छ । यसमा दिइएको हाइब्रिड टेक्नोलोजीले मोटरसाइकलको पर्फमेन्समा निकै ठूलो सुधार ल्याउने छ भने इन्धन बचत गर्नेछ ।

महिन्द्राले हाइब्रिड टेक्नोलोजी युक्त मोजोको प्रटोटाइप तयार गरेको भएपनि त्यसलाई कहिलेबाट उत्पादन गर्छ भन्ने विषयमा भने केही खुलाइएको छैन ।


Back_to_top