टुटल र पठाओसँगै नीजि सवारीसाधनले भाडामा मान्छे बोके कारवाही हुने

काठमाडौं । निजी प्रयोजनका लागि दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोगमा नल्याउन यातायात व्यवस्था विभागले चेतावनी दिएको छ । विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जानकारी गराएको हो ।

यो सूचना कार्यान्वयनमा आएसँगै भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका कम्पनीहरु अबैधानिक भएका छन् । 

यसअघि पनि विभागले यस्तै कारवाही थालेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षप गरेर कारवाही रोकेका थिए । 

बुधबार विभागले सार्वजनिक सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ । 


Back_to_top