हुन्डाईको नयाँ कार अउरामा यस्तो हुने छ इन्जिन र गियर

काठमाडौं । होन्डाई मोटरले आफ्नो नयाँ मोडल अउरामा लाग्ने इन्जिनको डिटेल सार्वजनिक गरेको छ । कम्पनीले अर्को महिना बजारमा उतार्ने तयारी गरिरहेको कम्प्याक्ट सेडान कार अउरामा १.० टर्बो इन्जिन दिन लागेको हो ।

कम्पनीले पेट्रोल र डिजेल दुबै अप्सनमा उपलब्ध गराउने अउरामा १.० टर्बो जिडिआई कपा डियुल भीटीभीटी पेट्रोलको अलावा १.२ कपा डियुल भीटीभीटी पेट्रोल र १.२ यू२ सिआरडीआई डिजेल इन्जिन दिने जनाएको छ । 

यसमा दिइएको सबै इन्जिनले भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको भएको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । १.२ लिटर पेट्रोल इन्जिनमा ५ स्पीड म्यानुयल र अटोमेटिक, १.० लिटर पेट्रोलमा म्यानुयल र १.२ लिटर डिजेलमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने विज्ञप्तीमा उल्लेख छ । 


Back_to_top