अब मोटरसाइकलमा मोबाइल स्ट्याण्ड राख्न पाइने

 

काठमाडौं । मोटरसाइकल राइडले आफ्नाे मोटरसाइकलमा मोबाइल स्ट्याण्ड राख्न पाउने भएका छन् । ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल राइडरले ह्याण्डलमा मोबाइल स्ट्याण्ड तथा गोप्रो राख्न निषेध गरेको थियो ।

राइड सेयरिङ सेवा दिने चालकहरूले आफ्नाे मोटरसाइकलमा स्याण्ड राख्न पाउनु पर्ने माग राख्दै उच्च अदालत पाटनमा पेश गरेको निवेदनमा गत बिहीबार अदालतले यसबारे रिट जारी गर्दै मोबाइल स्ट्यान्ड राख्न अनुमति दिन आदेश दिएको हो ।

यस अघि ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल स्याण्ड राखेमा २० हजार रुपैयाँसम्म जरिवाना गर्ने सुचना जारी गरेको थियो ।

राइड सेयरिङ कम्पनीका चालकरराइडरले प्रयोग गर्ने मोबाइल स्याण्डले दुर्धटना निम्त्याएको भन्दै प्रहरी कार्यालयले उक्त गतिविधि गर्न निषेध गरेको थियो।

अब भने राइड सेयरिङ सेवा दिने राइडहरूले पुनः बाइक तथा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न पाउने भएका हुन्।


Back_to_top