ओमोडाले नाइमा एक्स्पोमा ल्याउँदै 04 एसयूभी

काठमाडौं । ओमोडाको नयाँ एसयूभी 04 नेपाल आउने भएको छ । साउन २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोविलिटी एक्स्पोमा ओमोडा 04 एसयूभी लन्च हुने भएको हो ।

ओमोडाका उत्पादन आधिकारीक रुपमा बिक्री गर्दै आएको एसपीजी अटोमोबाइलले 04 मोडल नेपाल ल्याउन लागेको हो । ओमोडा ओ फोर चेरी ग्रुपले दुई वर्ष अगाडि कन्सेप्ट देखाएको मोडल हो । यसको डिजाइन क्रसओभर प्रेरित छ ।

नयाँ क्रसओभर एसयूभीलाई 04 विश्व चर्चित कार लेम्बोर्गिनी उरुसको जस्तै डिजाइन र सार्प लाइनहरुको प्रयोग भएको कारण थप चर्चा पाएको मोडल हो । ठूलो एयर इन्टेक, स्प्लीट हेडलाइट, बुमेराङ स्टाइल टेल लाइटहरूको कारण यसलाई धेरैले उरुससँग तुलना गरेका हुन् ।

ओमोडाले सुरूमा C3 नाम राखेर यसको कन्सेप्ट देखाएको थियो । त्यसपछि प्रि–प्रोडक्सन मोडल ल्याउँदा ओमोडा 4 नाम राखिएको थियो । अब उत्पादनमा प्रवेश गरेसँगै यसको नाम ओमोडा 04 बनाइएको हो ।

निकै फ्युचस्टिक र स्पोर्टी डिजाइनमा बनेको एसयूभी ४.४ मिटर लामो हुनेछ । चेरीको ‘टी वान एक्स प्लेटफर्म’मा बनेको 04 एसयूभी प्योर ईभीको रूपमा नेपाल आउने छ । कम्पनीले यसमा रहने ब्याट्री र मोटर साइजको विषयमा कुनै जानकारी दिएको छैन ।

कम्पनीले ठ्याक्कै यसको मोटर ब्याट्रीको विषयमा जानकारी बाहिर ल्याएको छैन । तर, विभिन्न रिपोर्टहरूले गरेको दाबी मान्ने हो भने दुई ब्याट्री अप्सनमा 04 एसयूभी आउने छ । जसमा ६१.१ किलोवाट आवर र ७७ किलोवाट आवरको ब्याट्री बताइएको छ ।

ओमोडा 04 फिचर लोडेड क्याबिनको साथ आउने छ । जसमा १३.२ इन्चको भर्टिकल टच स्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ५० वाटको वायरलेस चार्जर, कनेक्ट सर्भिस र १६ फिचर सहितको एडास सिस्टम उपलब्ध हुनेछ ।


Back_to_top