कति बिक्यो दीपल र ओमोडा ? यस्तो छ हरेक महिनाको आयात

काठमाडौं । विद्युतीय कारको बिक्री तिब्र रफ्तारमा बढ्दा सन् २०२३ को मार्चबाट नेपाली बजारमा प्रबेश गरेका ओमोडा र दीपलका एसयूभी निकै राम्रो पर्फर्मेन्स गर्न सफल भएको देखिन्छ । नेपाल आएको ६ महिनाको अवधिमा नै यी दुबै ब्राण्डले ५ सयभन्दा बढी गाडी बिक्री गरेका हुन् ।

ओमोडाले मार्च ५०, अप्रिलमा १५०, मेमा १५०, अगष्टमा ५०, सेप्टेम्बरमा १२१ र अक्टोबर १५ तारिखसम्ममा ८ यूनिट गरेर ५२९ यूनिट ई-फाइभ एसयूभी नेपाल ल्याएको छ । कम्पनीले जनवरीमा एक यूनिट ओमोडा ई-फाइभ ल्याएको थियो । त्यसलाई समेत जोड्दा अहिलेसम्म ५३० यूनिट आयात भएको देखिन्छ ।

त्यसैगरी, दीपल ब्राण्डको एस-०७ एसयूभी पनि मार्चमै लन्च भएको हो । फेब्रुअरीमा एक यूनिट आयात भएको एस-०७ मार्चमा १०, अप्रिलमा ८९, मेमा २५१, अगष्टमा ९९, सेप्टेम्बरमा ११३ र अक्टोबरमा ४७ यूनिट आयात भएको देखिन्छ । अहिलेसम्म दीपल एस-०७ को आयात ६१० यूनिट भएको छ ।

नयाँ ब्राण्ड र नयाँ प्रोडक्ट भएर पनि यी दुई कम्पनीले सुरुवातमै बजार लिन सफल भए । विशेषगरी अटोमोवाइल क्षेत्रमा लामो सयमदेखि सक्रिय ब्यवसायीक घरानाहरु एमडब्लू ग्रुप र सारडा समूहले यी ब्राण्ड नेपाल ल्याएका हुन् । उनिहरुको ब्यवसायीक ज्ञानले पनि बजार बिस्तार छिटो भएको अनुमान गर्न सकिन्छ ।

एमएडब्लू वृद्धिले आधिकारीक बिक्रेता बनेर बिक्री गर्दै आएको दीपल एस-०७ मा ९९ किलोवाटको मोटर र ६६.८ किलोवाट आवरको ब्याट्री छ । फ्यूचरष्टिक डिजाइन र आधुनिक फिचर लोडेड एस-०७ किन्न चाहनेले ७१ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्नेछ ।

सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोवाइलले बिक्री गर्दै आएको ओमोडा ई-फाइभमा ६१ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । यसमा पनि मोटर ९९ किलोवाट कै छ । उत्कृष्ट रेन्ज दिने कुप्पे डिजाइन एसयूभी किन्नेले दुई भेरियन्ट पाउने छन् । यसको सुरुवाती भेरियन्टको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ ।


Back_to_top