काठमाडौं । एसपीजी अटोमोवाइलले ओमोडा ईभी आज सार्वजनिक गर्दैछ । कम्पनीले ५९ लाख ४९ हजार मूल्य राखेर ओमोडा ई-५ सार्वजनिक गर्न लागेको हो ।
‘आज मिडिया लन्च गर्न लागेका हौं । आजैबाट ग्राहकलाई टेष्ट ड्राइभ र बुकिङ पनि खुल्ला गर्दैछौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले फेब्रुअरीबाटै बिक्री सुरु गर्ने ओमोडा ई-५ मा बीवाइडीको सहायक कम्पनी फिन ड्रीमले उत्पादन गरेको ब्लेड ब्याट्री प्रयोग भएको छ । यो मोडलको सिधा प्रतिस्पर्धा पनि बीवाइडी एटो-३ सँग हुने देखिन्छ ।
ओमोडा ई-५ मा ६१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ ।
आधुनिक फिचर र कटिङ एज टेक्नोलोजीमा आधारित रहेर तयार पारिएको ओमोडा ई-५ ले नेपाली बजारमा कस्तो व्यापार गर्छ, त्यो हेर्न भने केही समय कुर्नु पर्ने हुन्छ ।


