‘फ्लेक्स फ्युल’बाट चल्ने रोयल इनफिल्डको क्लासिक ३५० सार्वजनिक

काठमाडौं । रोयल इनफिल्ड इन्डियाले क्लासिक ३५० मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । भारतमा जारी ‘भारत मोबिलिटी एक्स्पो २०२४’ मा कम्पनीले उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

उक्त मोटरसाइकलमा फ्लेक्स फ्युलको प्रयोगबाट चलाउन सकिने इन्जिन राखिएको छ । कम्पनीले फ्ल्लेक्स फ्युलबाट चल्ने मोटरसाइकल बनाएको यो पहिलोपटक हो ।

कम्पनीले ल्याएको नयाँ क्लासिक ३५० अब ८० प्रतिशत इथेनाल फ्युल र २० प्रतिशत पेट्रोलको प्रयोगमा चलाउन सकिन्छ ।

नयाँ भेरियन्ट क्लासिक ३५० मा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, फोर स्ट्रोक इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम ६ हजार १०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

यस मोटरसाइकलमा सिंगल च्यानल एबीएस, टेलिस्कोपिक फर्क र ६ स्टेप ट्वीन सक अब्जर्बार रहको छ ।

टाइमलेस रेट्रो स्टाइलिंग डिजाइनमा रहेको क्लासिक ३५० मा सेमि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, डिजिटल आडोमिटर, यूएसबी चार्जिङ पोर्ट, हेलोजन लाइट, वाइडर टायर, मेटल एग्जस्ट जस्ता फिचरह पाउन सकिन्छ ।

 


Back_to_top