भारतमा सुजुकी डिजायर १३ हजार ८ सय करोडको बिक्री हुँदा अन्यको बिक्री कति ?

कारका उपभोक्ताको संख्या बढ्दै गइरहेको छ । भारतीय बजारमा विभिन्न कम्पनी तथा तीनले उत्पादन गरेका मोडलहरुको माग बढ्ने र घट्ने क्रममा रहेको छ । नयाँ मोडल आएपछि त्यसको बजार विस्तार हुने, पुरानोको घट्दै जाने र बिक्री नहुने मोडल फेजआउट हुने गरेको छ । 

आर्थिक वर्ष २०१८/१९ मा भारतीय कार बजारमा कुन कम्पनीका कुन मोडल मूल्यका आधारमा धेरै बिक्री हुनेमा परे । कुन कम्पनीका कुन मोडल सर्वाधिक मूल्यमा बिक्री भए भन्ने यहाँ उल्लेख गरिएको छ । 

२०१८/१९ मा भारतमा सबैभन्दा धेरै मूल्यको मारुती सुजुकीको डिजायर बिक्री भएको छ । उक्त अवधिमा १३ हजार ८ सय ७० करोड भारुको डिजायर बिक्री भएको छ । यो मारुती सुजुकीको सेडान सेगमन्टको कार हो । 

त्यस्तै दोस्रो स्थानमा पनि मारुतीकै भिटारा ब्रेजा रहेको छ । क्रसओभर एसयूभी भिटारा ब्रोजा गत वर्ष १८ हजार ४ सय ९१ करोड भारुको बिक्री भएको छ । तेस्रो र चौथो स्थानमा पनि मारुतीकै बलेनो र स्वीफ्ट रहेको छ । जुन क्रमशः ९ हजार ९ सय ५९ र ९ हजार ६ सय ४९ हजार करोड भारुको बिक्री भएको छ । 

२०१८/१९ मा भारतमा सबैभन्दा धेरै रेभिन्यू जेनेरेट गर्ने मोडलमा ४ स्थान मारुतीकै कारले लिएको छ । पाँचौं स्थान भने हुन्डाईको क्रेटाले लिएको छ । क्रसओभर एसयूभी क्रेटाले गत वर्ष ८ हजार ८ सय ६१ हजार करोड भारु रेभिन्यू कमाएको छ । 

क्रेटापछि धेरै रेभिन्यू कमाउनेमा टोयोटाको इनोभा रहेको छ । एमयूभी सेगमेन्टको इनोभाले ७ हजार ५ सय ४३ करोड भारुको आम्दानी गरेको छ । हुन्डाईको आइट्वान्टी ह्याचब्याक कारले गत वर्ष ६ हजार ८ सय ३८ करोड भारु बराबर आम्दानी गरेको छ । 

मारुती सुजुीको सर्वाधिक बिक्री हुने मध्येको एक ह्याचब्याक कार अल्टो बिक्रीबाट कम्पनीले ५ हजार ९ यी ६५ करोड भारुको रेभिन्यू जेनेरेट गरेको छ । धेरै रेभिन्यू जेनेरेट गर्नेमा ९औं नम्बरमा हुन्डाई ग्रान्ड आइटेन रहेको छ । जसले २०१८/१९ मा ५ हजार ९५ करोड भारु आम्दानी गरेको छ । 

दशौं स्थानमा मारुती सुजुकीकै ह्याचब्याक कार वेगनआर रहेको छ । जसले गत वर्ष ४ हजार ७ सय २५ करोड भारु रेभिन्यू कमाएको छ । 

बिक्री मार्फत १० धेरै रेभिन्यू जेनेरेट गर्ने मोडलहरुमा ६ वटा मारुती सुजुीको, ३ वटा हुन्डाईको र एउटा टोयोटाको रहेको छ । 

महिन्द्राको एसयूभी बोलेरोले ३ हजार ६ सय ५९ करोड रेभिन्यू कमाउँदा फोर्डको इकोस्पोर्टले ३ हजार ४ सय ८९ करोड भारु कमाएको छ । त्यस्तै महिन्द्राको स्कर्पियोले गत वर्ष बिक्री मार्फत ३ हजार ४ सय ३४ करोड भारु कमाएको हो । 

बिक्री मार्फत धेरै आम्दानी गर्ने मोडलमा टोयोटाको फर्चुनर १४औं नम्बरमा रहेको छ । फर्चुनरले गत वर्ष ३ हजार ३ सय ४७ करोड भारु आम्दानी गरेको छ । मारुतीको सेलेरियो ह्याचब्याकले ३ हजार १ सय ३८ करोड भारु कमाएको छ । 

एक्लो मोडलले धेरै आम्दानी गर्नेमा टाटाको टियागो ह्याचब्याक १६औं नम्बरमा छ जसले गत वर्ष ३ हजार १ सयस १९ करोड भारु रेभिन्यू जेनेरेट गरेको छ । त्यस्तै १७औं नम्बरमा रहेको होन्डा अमेजले गत वर्ष ३ हजार ६२ करोड भारु कमाउँदा टाटाको नेक्सनले २ हजार ६ सय ९२ करोड भारु संकलन गरेको हो । 

१९औं नम्बरमा रहेको होन्डाको सेडान कार सीटीले २ हजार ६ सय ३३ करोड कमाउँदा २०औं स्थानमा रहेको मारुती सियाज सेडानले २ हजार ६ सय करोड भारु रेभिन्यू जेनेरेट गरेको हो ।  


Back_to_top