काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबारदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो ।
मूल्य घटेपछि काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।