बन्दै नयाँ ‘जेनेरेसन प्युजो ई-२०८’, स्टेयर-बाइ-वायर प्रविधि हुने

काठमाडौं । प्युजोले नयाँ पुस्ताको ‘ई-२०८’ इलेक्ट्रीक क्रसओभर तयार पार्ने भएको छ । कम्पनीले सन् २०२७ को दोस्रो क्वाटरबाट बजारमा ल्याउने तयारी गरेको नयाँ जेनेरेशन ई-२०८ अहिले परीक्षणको क्रममा देखिएको हो ।

छोपिएको अवस्थामा देखिएको ई-२०८ को डिजाइन यसअघिको मोडलभन्दा पूर्णरूपमा नयाँ हुने अनुमान गर्न सकिन्छ । नयाँ ई-२०८ स्टेलान्टिस ग्रुपको नयाँ ‘एसटीएलए वन’ इलेक्ट्रीक प्लेटफर्ममा निर्माण हुनेछ ।

कम्पनीको नयाँ प्लेटफर्म प्रयोग गर्ने पहिलो मोडल ई-२०८ हुनेछ । नयाँ प्लेटफर्मका अहिले बजारमा रहेको ई-२०८ भन्दा बढी रेन्ज र छिटो चार्जिङ क्षमता उपलब्धमा नयाँ मोडल आउने छ ।

प्यूजोले अहिलेसम्म नयाँ ई-२०८ मा रहने ब्याट्री क्षमता, मोटरको र रेन्जका बारेमा कुनै विवरण बाहिर ल्याएको छैन । बाहिरी डिजाइन भने सन् २०२५ मा देखाइएको ‘प्युजो पोलिगन’ कन्सेप्टमा आधारित रहने देखिन्छ ।

नयाँ मोडलको अगाडि आकर्षक हेडलाइट छ भने प्युजोको पहिचान मानिने तीन तेर्सा लाइनमा सजिएको एलइडी लाइट रहनेछ ।

नयाँ क्रसओभर मोडलको इन्टेरियरमा ठूलो डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र नयाँ इन्फोटेनमेन्ट प्रणाली रहनेछ । यसमा नयाँ स्टेयरिङ डिजाइनसँगै स्टेयर-बाइ-वायर प्रविधि प्रयोग हुने अनुमान छ ।

प्युजोको ‘हाइपर स्क्वायर’ अवधारणासँग जोडिएको यो प्रविधिले चालक सहायता तथा स्वचालित ड्राइभिङ प्रणालीलाई थप विकसित गर्न सहयोग गर्नेछ । ई-२०८ मा स्टेलान्टिसको एसटीएलए ब्रेन प्रविधि प्रयोग गरिने भएकाले यो सफ्टवेयर–डिफाइन्ड भेहिकलका रूपमा बजारमा आउने छ ।

नयाँ ई-२०८ सुरुवाती चरणमा पूर्ण विद्युतीय संस्करणमा मात्र उपलब्ध हुनेछ ।


Back_to_top