विमान उडाउँदा उडाउँदै पाईलटको आँखा बन्द भएपछि…

काठमाडौं । जहाज उडाइरहेको पाइलटले अचानक आँखा देख्न छाढेपछि के हुन्छ ? त्यसको भयावह परिणाम दुर्घटना हुन सक्छ, सबै यात्रुको ज्यान नै जान सक्छ । यस्तै घटना भएको छ हङ्कङ्काे क्याथे प्यासिफीकका दुुईजना फरक विमानका पाईलटलाई । 

क्याथे प्यासिफीकको सन् २०१९ जनवरी २६ मा जापानको सापोरोबाट हङ्कङ्को लागि उडेको बोइङ्ग कम्पनीले निर्माण गरेको बी–७७७ जहाज फ्टाइट नम्बर सीएक्स ५८३, जसमा ३४८ जना यात्रु तथा १६ जना चालक दलका सदस्य रहेका थिए । 

यस फ्लाईटका कमान्डर पाईलटले उडानका क्रममा अचानक आँखाका दृष्टी गुमाए र तुरुन्तै फ्लाइटका कन्ट्रोल फस्ट अफिसरलाई हस्तान्तरण गरेका थिए । उनले करिव ३० मिनेटसम्म आफ्नो दुबै आखाँको सम्पूर्ण दृष्टी गुमाएका थिए ।

उक्त फ्लाईटलाई प्रायोरीटी अप्रोच प्रदान गरेर सकुसल हङ्कङ् एयरपोर्टमा ल्याण्ड गरिएको थियो ।   

त्यस्तै दोस्रो घटना क्याथेकै २०१९ को फरवरी २१ को फ्लाइट नम्बर सीएक्स १७० अष्ट्रेलीयाको पर्थबाट हङ्कङ्को लागि उडानको क्रममा भएको थियो । उक्त उडानको क्रममा कमान्डमा रहेका पाइलटले अचानक श्वास फेर्न गाह्रो भएको र आँखाको ज्योति धमीलो भएको बताएका थिए । 

उनले आफ्ना फस्ट अफिसरलाई उक्त कुराको जानकारी गराएपछि उनले फ्लाईटमा कोही मेडिकल अफिसर छ कि भनेर अनाउन्स गरेका थिए । भाग्यबस उक्त फ्लाइटमा एकजना मेडिकल डाक्टर रहेका थिए र उनले पाईलटलाई अक्सिजन मास्क लगाई दिएर प्रारम्भिक उपचार गरि उनको अवस्थालाई कन्ट्रोलमा राखेका थिए । 

पछि, स्याटलाईट फोनका माध्यमबाट कम्पनीका डाक्टरलाई सम्पर्क गरेर उक्त फ्लाईटका पेसेन्जर डाक्टरले उनको थप उपचार गरेका थिए । 

हङ्कङ्को सिभिल एभिएसन अथोरिटीको प्रारम्भीक रिपोर्टमा जनाइए अनुसार समस्यामा परेका पाइलट उडानको अवधिभर होसमै रहेका थिए । पछि, कमान्डमा रहेका पाइलटले जहाजको उचाई कम गरि क्याविन प्रेसर मेन्टेन गराई पाईलटलाई रिकभरी गर्न सहयोग गरेका थिए ।

उक्त फ्लाईटमा रहेको एयरबसको ए–३५० मा २७० जना प्यासेन्जर र १३ जना चालक दलका सदस्यहरु सवार रहेका थिए । उक्त जहाजलाई फस्ट अफिसरले प्रायोरीटी अप्रोचको सहयोगमा सकुसल ल्याण्डिङ्क गरिएका थिए । 

यो फरक–फरक समयमा भएको दुईवटा घटनाले एभियसन सुरक्षामा नयाँ चुनौति अगाडि ल्याएको छ । उडानका क्रममा सम्पूर्ण यात्रु तथा जहाजको सुरक्षाको जिम्वेवारी पाईलटसँग हुन्छ । यति धेरै यात्रु र अर्बौको जहाजको जिम्मेवारी रहेको पाईलटले अचानक आँखाको दृष्टी गुमाए पछि ठूलो दुर्घटना हुने सम्भावना रहन्छ । 

हङ्कङ्का अधिकारीहरुले यो घटनालाई गम्भीर घटनाको रुपमा लिएको जनाइएका छन् । यो दुईवटा उस्तै प्रकृतिको तर फरक घटना भएता पनि यसमा कुनै समानता भए नभएको छानविन भइरहेको छ । 

दुवै जहाजका पाईलट २५ हजार घण्टाभन्दा बढि उडान गरेका अनुभवी तथा मेडिकल रिपोर्टमा “क्लास वान” सर्टिफाइड रहेका थिए । 

‘हामी यस घटनाको निक्यौलमा तुरुन्तै पुग्न सक्ने अवस्था छैन, यी घटनाहरुका पछाडि पाइलटहरुमा केही रोग, आँखामा केही समस्या वा ब्लड प्रेसरको समस्या पनि हुन सक्छ’ क्याथे प्यासीफिकका अधिकारी जेरमी तम म्यानहोले साउथ चाईना मर्निङ्ग पोस्टलाई बताएका छन् । 

हङ्कङ्को सिभील एभिएसनले उक्त घटनाको गहिरो अनुुसन्धान गरिरहेको तथा यसको रिपोर्ट आउन १ वर्षसम्म लाग्न सक्ने जनाएका छन् । 


Back_to_top