घरमै बसेर बाइकको बीमा गर्दा शुल्क कम, यसरी किन्नुस् बीमालेख

काठमाडौं । भर्खरै मात्र सगरमाथा इन्स्योरेन्सले एउटा एप लन्च गरेकोे छ । जुन एप डाउनलोड गरेर मोबाइलबाटै सजिलै मोटरसाइकल तथा स्कुटरको तेस्रो पक्ष, घर तथा सम्पत्ती, ट्राभल मेडिकल र पर्सनल दुर्घटना बीमा गर्न सकिन्छ । 

त्यसका लागि सर्वप्रथम गुगल प्लेस्टोर वा एप्पल एप स्टाेरमा गएर सगरमाथा इन्स्योरेन्सको एप डाउनलोड गर्नुपर्छ । डाउनलोड गरेको एप ओपन गरेर लगइनमा क्लिक गर्नुपर्छ । लग इनमा क्लिक गरेपछि त्यहाँ आफ्नो मोबाइल नम्बर, नाम, इमेल र पासवर्ड राखेर समिट गर्नुपर्ने हुन्छ । 

यसले आफ्नो ब्यक्तिगत डाटा भरिसके र समिट गरेपछि भेरिफिकेशन कोड तपाईले पाउनु हुनेछ । भेरिफिकेशन कोड लेखर समिट गरेपछि स्क्रृनमा सगरमाथा इन्स्योरेन्सको सर्भिसहरु देख्न सकिन्छ ।

जहाँ पोलिसि, क्लेम, डेबिड नोटस, रिवार्ड, पे पोलिसि लगायतका विभिन्न अप्सन पाइन्छ । 

तेस्रो पक्ष बीमा कसरी किन्ने ?

बीमा खरिदका लागि तपाईले बाइ पोलीसीमा थिच्नुपर्छ । त्यसभित्र मोटरसाइकल तेस्रो पक्ष इन्स्योरेन्स, घर, ट्राभल मेडिकल र पर्सनल दुर्घटना बीमा जस्ता अप्सन देख्न सकिन्छ । 

मोटरसाइकल तेस्रो पक्ष इन्स्योरेन्स गर्न मोटरसाइकल थर्डपाटी इन्स्योरेन्समा क्लिक गर्ने । त्यसपछि सुरुमा केवाइसी कोड माग्छ छ । त्यसपछि नाम, थर, ठाउँ, लगायतका सबै सामान्य हामी आफैले कागजमा भरे जस्तै सबै आवश्यक जानकारीहरु भर्नुपर्ने हुन्छ । त्यस मध्ये प्यान नम्बर भने नभएको खण्डमा नभरे पनि हुन्छ । 

त्यसपछि त्यहाँ तपाईले आफ्नो पासपोर्ट साइजको फोटो, नागरीकताको दुबै तर्फको फोटो र ब्लुबुकको फोटो खिचेर अपलोड गर्नुपर्ने हुन्छ । यी सबै प्रकृया पुरा गरेर डकुमेन्ट समिट गरेपछि तपाईले डेबीट नम्बर मोवाइलमा म्यासेजबाट पाउनु हुन्छ । 

एक पटक समिट भएपछि तपाईको डेबीट नोट बन्छ । सो डेबीट नोट पे पर्मिसनमा राखिएको हुन्छ । त्यसपछि प्रयोगकर्ताले रकम भुक्तानी गरेर सजिलै बीमालेख खरिद गर्न सक्ने छन् । 

रकम भुक्तानीको लागि पे–इन्योरेन्स प्रिमियम अप्सनमा जानुपर्छ । यहाँबाट प्रयोकर्ताले आफ्नोमात्र नभई अन्य साथी भाई वा आफन्तको बीमा शुल्कसमेत तिर्न सक्नेछन् । 

त्यसको लागि तपाईले ईसेवा, खल्ती र आइएमई पे जस्ता एपको प्रयोबाट सजिलै बीमा रकम भुक्तानी गर्न सकिने छ । 

यही तरिकाले प्रयोगकर्ताले घर, ट्राभल मेडिकल र पर्सनल दुर्घटना बीमा समेत खरिद गर्न सक्ने छन् । 

कसरी हुन्छ निगरानी

सुरुवाति समयमा भएकाले सगरमाथा इन्स्योरेन्सले बीमा गर्नेहरुको डिटेल प्रिन्ट गरेर राख्ने गर्छ । जब बीमालेख वापतको रकम भुक्तानी हुन्छ तब त्यो बीमालेख जारी भएको मानिने छ । 

कम्पनीले प्रयोगकर्ताले कुन ठाउँबाट बीमालेख आवेदन दिएको छ भन्ने कुरा लोकेशन ट्रेश गरेर पत्ता लगाउन सकिने कम्पनीका इन्स्योरेन्सका आईटी उप प्रवन्धक जसकर्न चौधरीले बताए । 

यस्तै मोबाइलबाट भर्न अफ्ठेरो लाग्नेहरुले ल्यापटप वा कम्प्युटरबाट www.sagarmathainsurance.com.np मा गएर सजिलै बीमा खरिद गर्न सक्ने छन् । 

कसरी दाबी गर्ने ?

बीमा दबी गर्नका लागि पनि पछिल्लो समय सगरमाथा इन्स्योरेन्सको ऐप लन्च भएपछि धेरै सहच बनाएको छ । 

क्लेममा क्लिक गरेर मोटरसाइकल तथा स्कुटर चोरिभए, तोड्फोड, दुर्घटना भएमा त्यसको जानकारी राखेर बीमा दाबी गर्न सकिने छ । क्लेमका लागि दुर्घटना भएको स्थलको फोटो राखेर आवश्यक जानकारी भरेर पठाउनु पर्ने चौधरीले जानकारी दिए । 

यस्तै मोटरसाइकल चोरी भएको खण्डमा प्रहरीमा भएको उजुरीको तस्बीर समेत राखेर जुनसुकै ठाउँबाट क्लेम गर्न सकिन्छ । क्लेम तथा इन्ट्री कहाँ बाट भएको छ त्यसको कम्पनीले लोकेशन ट्रयाक गर्ने गरेको छ । 

क्लेम इन्ट्री पछि त्यसको प्रोशेस के हुँदैछ, त्योसमेत प्रयोगकर्ताहरुले एप मार्फत नै जाँच गर्न सक्ने छन् । र, ढिलो भएको अथवा क्लेमको प्रोशेस अघि नबढेको खण्डमा किन प्रोशेस अघि बढेन त्यो पनि एपबाटै सोध्न सकिने छ । 

२ वर्ष अघिको सपना बल्ल पुरा

यो एप २ वर्ष अगाडिदेखि बनाउन सुरु गरिएको थियो । तर, कम्पनीले ईसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने कामको सुरुवात भने एक वर्ष अगाडि नै सुरु गरेको थियो ।  

‘२ वर्ष अगाडि देखेको सपना पुरा भएको छ, अब यसलाई कसरी सबै प्रयोगकर्तासम्म पुर्याउने भन्ने तिर हामी कन्द्रीत छौं’ चौधरीले भने । 

यसको भाबी योजना बारे सुनाउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री भन्छन् ‘यसलाई हामी क्रमिकरुपमा प्रयोगमा ल्याउँदै छौँ, यसमा आउने समस्या कस्ता हुन्छन्, त्यसको समाधान खोज्दै बीमालेख किन्नु पर्ने मानिसको बानी बसाल्ने प्रयास गर्नेछौँ ।’ 

यसैगरी सुरुमा मोटरसाइकलबाट सुरु गरिएको छ यसलाई विस्तारै सबैमा फैलायर चार पांग्रे सवारीमा पनि जाने उनले बताए ।

उनका अनुसार मोटरसाइकल तेस्रो पक्ष पहिलो चरणमा गरिएको हो । दोस्रो चरणमा गाडीलाई पनि बीमा गर्ने व्यवस्था मिलाइने छ । तर, चारपांग्रे सवारीको बीमा अनलाइनबाट सुरु गर्नु अघि त्यसमा आउन सक्ने चुनौतिहरु जान्न जरुरी भएको उनको भनाई छ । 

‘हामी चार पांग्रे गाडीमा बीमा ल्याउँदा अनलाइट बाटै पूर्ण बीमा गर्न सक्ने गरी ल्याउने छौँ, क्रमिकरुपमा सबै बीमालेख डिजिटलाइज गर्दै लाने हो,’ क्षेत्रीले मेरोअटोसँग भने । 

उनले प्रयोकर्तालाई कम्पनी मै नआई मोबाइलबाटै घरमा बसेर सबै किसिमका बीमा गर्न सकिने गरी काम भइरहेको बताए । 

यसलाई व्यापकरुपमा मार्केटिङ गर्ने र विद्यार्थीहरुलाई बीमाको बानी पार्ने लक्ष्यसहित काम अगाडि बढाइएको कम्पनीले जनाएको छ । 

यसका फाइदा

सगरमाथा इस्योरेन्सले ल्याएको ऐपले प्रयोगकर्तालाई निकै सहज बनाएको छ । बीमा गर्न चाहनेले मोबाइलबाट जुनसुकै ठाउँमा रहेर बीमा गर्न सक्छन् । 

एपबाट बीमा गर्दा एजेन्टले पाउने कमिशन प्रयोगकर्ता आफैले पाउने छन्, त्यसैले यो केही सस्तो पनि पर्छ । फुर्सदको समयमा किन्न सकिने हुँदा बीमा गर्नका लागि लाइन बस्ने र अफिस धाउने गर्नु पर्दैन । 


Back_to_top