होन्डाले २०१९ को दिपावली अगाडि नै भारतीय बजारमा एचआरभी सार्वजनिक गर्ने तयारी गरेको छ । केही महिना अगाडि मात्रै सेडान कार होन्डा सिभिकलाई बजारमा ल्याएको होन्डाले नयाँ एसयूभी बजारमा ल्याउने तयारी तिव्रत बनाएको हो ।
होन्डाको नयाँ एचआरभीले हुन्डाई क्रेटा, टाटा ह्यारिएर, निसान किक्स र जिप कम्पाससँग प्रतिस्पर्धा गर्ने अनुमान लगाइएको छ । लगभग सिआरभी मोडल जस्तै देखिने एचआरभीको मूल्य १५ लाख भारतीय रुपैयाँ हाराहारी पर्ने आँकलन गरिएको छ ।
यसको लम्बाई ४२९५ एमएम, उचाई १७७०, एमएम, उचाई १६०५ एमएम रहेको छ । यसमा २६१० एमएमको ह्वीलवेस दिइएको छ ।
यसमा १.८ लिटर पेट्रोल इन्जिन दिइएको छ भने सिभिटी गियरबक्स लगाउने कम्पनीले जनाएको छ । यसमा उपलब्ध १.६ लिटर डिजेल इन्जिनले १२० बीएचपी पावर उत्पादन गर्छ । यसमा १७ इन्च अलोय ह्वील, एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, होन्डा सिभीकको जस्तै इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

