सानो प्रिमियम एसयूभी खोज्नेको लागि पर्फेक्ट ‘ह्यासट्याग-१’

काठमाडौं । विद्युतीय कारको प्रयोग बढेसँगै बजारमा एसयूभी सेग्मेन्ट थप आक्रमक रूपमा विस्तार भइरहेको छ । चिनियाँ कार निर्माताले एकपछि अर्को नयाँ एसयूभी बजारमा ल्याइरहेका छन् ।

सीजी मोटर्सले नेपाली बजारमा ल्याएको स्मार्ट ब्राण्ड लग्जरी एसयूभीका लागि परिचित छ । कम्पनीले ल्याएको ह्यासट्याग-१ मोडलको लम्बाइ ४२७० एमएम, चौडाइ १८२२ एमएम र उचाइ १६३६ एमएम छ । सानो एसयूभीमा २७५० एमएम लामो ह्वीलबेस उपलब्ध छ ।

निकै रोचक कुरा के छ भने साइजमा सानो भए पनि यसमा २०० किलोवाट पीक पवार क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । जसको अधिकतम टर्क ३४३ न्युटन मिटर छ ।

सीजी मोटर्सले प्रो प्लस र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको ह्यासट्याग-१ एसयूभीको टप स्पीड १८० किलोमिटर प्रतिघण्टा रहेको छ । ६६ किलोवाट आवरको ब्याट्री रहेको एसयूभीले सिंगल चार्जमा ४४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

स्मार्टले ह्यासट्याग-१ मोडलमा अगाडि म्याफर्सन स्ट्रट र पछाडि इन्डिपेन्डेन्ट सस्पेसन दिएको छ । यसमा १९ इन्चको ह्वील प्रयोग भएको छ भने १८५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

सुरक्षाको लागि लामो फिचर लिस्ट उपलब्ध एसयूभीमा एडास भित्र पनि लामो फिचर लिस्ट उपलब्ध छ । यसमा रहेको हाइवे पाइलट फिचर लामो यात्राको लागि निकै उपयोगी बन्नेछ । अटोमेटिक र एडाप्टिभ हाइबीम फिचर उपलब्ध एसयूभीमा ८ वटा पार्किङ सेन्सर प्रयोग भएको छ । ३६० डिग्री क्यामेरादेखि अटोमेटिक पार्किङ फिचरले धेरैको ध्यान खिच्नेछ ।

चालकलाई गाडी कन्ट्रोल गर्न सहज होस् भने एबीएस, हिल एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, एन्टिरोलिङ प्रोग्राम, ब्रेक एसिस्ट सिस्टम, ट्रायाक्सन कन्ट्रोल, कर्नरिङ ब्रेक कन्ट्रोल, एस पेडल र आई बुस्टर जस्ता सुविधा दिइएको छ ।

हाइपर्फमेन्सलाई ध्यानमा राखेर यो एसयूभीमा एनसीएम ब्याट्री दिइएको छ । साथै, ब्याट्री चार्ज गर्न २२ किलोवाटसम्मको एसी चार्जर सपोर्ट गर्छ ।

स्मार्ट ह्यासट्याग-१ एसयूभीमा १२.८ इन्चको स्कृन, ९.२ इन्चको फुल एचडी इन्फर्मेसन डिस्प्ले, १० इन्चको हेडअप डिस्प्ले, १३ वटासम्म स्पीकर दिइएको छ ।

भेरियन्ट अनुसार मूल्यमा १० लाख फरक

स्मार्टको ह्यासट्याग-१ एसयूभीको दुई भेरियन्टमा १० लाख रुपैयाँ मूल्य फरक छ । कम्पनीले प्रो प्लस भेरियन्टको मूल्य ९९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।


Back_to_top