काठमाडौं । नामी भिगो नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको कम्प्याक्ट इलेक्ट्रीक एसयूभी हो । ‘नाडा अटो शो २०२५’बाट बजारमा ‘डेब्यु’ गरेको भिगो अहिले सडकमा बाक्लै संख्यामा देखिन थालेको छ ।
एमएडब्लू वृद्धिले नेपाली बजारमा नामी भिगो दुई भेरियन्ट बिक्री गर्दै आएको नामी भिगोमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । फ्रन्ट ह्वील ड्राइभ मोटरमा उपलब्ध एसयूभी निकै पावरफुल छ । भिगो एसयूभीमा ४४.९ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको ब्याट्री छ ।
नामी भिगोमा बक्सी डिजाइन, क्लिन फिनिसिङ, युनिक डोर ह्याण्डल, विल्कुलै नयाँ डिजाइनको टेलगेट, स्टाइलिस ह्वीलआर्क दिइएको छ । यसमा सुरक्षाका लागि ६ एयरब्याग, एडास, ३६० डिग्री क्यामेरा, हटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर छन् ।
यसअघि काठमाडौं उपत्यका आसपास चलाएको भिगोलाई यो पटक काठमाडौंदेखि पोखरासम्म लामो रुटमा चलाएर अनुभव गरेका छौं । दुई दिनमा ४५० किलोमिटर हाराहारी ड्राइभ गरेपछि नामी भिगोका बलिया र कमजोर पक्षका यहाँ भिडियोमा चर्चा गरिएको छ ।


