मारुती सुजुकी वागेन-आरको प्रिमियम भेरियन्ट तयार, यस्तो छ थप फिचर

काठमाडौं । मारुती सुजुकीले आगामी महिनाभित्र वागेन आरको प्रिमियम भेरियन्ट सार्वजनिक गर्ने भएको छ । उक्त प्रिमियम भेरियन्टमा टेलल्याम्प, स्टायडर्ड मोडलको भन्दा उच्च ग्राउन्ड क्लियरेन्स र पावरफुल पावरट्रेन लगायतका सुविधा थपसहित निर्माण भएको प्रिमियम भेरियन्ट दिपावली अगाडि नै बजारमा बिक्री हुने अनुमान गरिएको छ । 

यसको फ्रन्टमा स्ल्पिट हेडल्याम्प, इलएडी डे टाइम रनिंग लाइट, इन्टेग्रेटेड टर्न बिलिन्कर, क्रोम ट्रिटमेन्ट, होरिजेन्टल बार हाउसको विशेषता दिइएको छ । ब्राण्ड न्यू फग ल्याम्प, ब्ल्याक अलोय ह्वील, एलइडी टेलल्याम्प, हाइ माउन्टेड एलइडी स्टप ल्याम्प जस्ता विशेषता यो प्रिमियम भेरियन्टमा उपलब्ध हुनेछ । 

यसमा  बीएस ६ मापदन्ड अनुरुपको १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले, ६ हजार आरपीएममा ८२ बीएच पावर र ४२ सय आरपीएममा ११३ एनएम टर्क उत्पादनको क्षमता राख्दछ । 

पाँच स्पीड म्यानुअल र फाइभ स्पीड एएमटी ट्रान्समिसन लगाइएको उक्त प्रिमियम भेरियन्टलाई भारतीय बजारमा नेक्जा शोरुमा बिक्री गर्ने र अन्य देशको लागि पुरानै प्रक्रियाबाट बिक्री गर्ने जनाइएको छ । 


Back_to_top