काठमाडौं । टोयोटाका लागि नेपालको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नेपाली बजारमा विभिन्न १० मोडलका २२ भेरियन्टका कार तथा आफ्नो चर्चित एसयूभीहरु बिक्री गर्दै आएको छ । विगत ५३ वर्षदेखि नेपाली बजारमा स्थापित भएको यस कम्पनीले ३२ लाख रुपैयाँदेखि ४ लाख करोड ५२ लाख मूल्यसम्मका गाडी बिक्री गर्दै आएको छ ।
टोयोटा इटियोस लिभा टोयोटाको सबैभन्दा सस्तो कार हो, भने ल्यान्ड क्रुजर सबैभन्दा महङ्गो एसयूभी हो । हाल, कम्पनीले एक करोडभन्दा माथि मूल्यका पाँच एसयूभी बेच्दै आएको छ । टोयोटा फर्चुनर, अल न्यु र्याभ फोर, ल्यान्डक्रुजर प्राडो, ल्यान्ड क्रुजर र हाइलक्स कम्पनीको महङ्गा मूल्यका गाडी हुन ।
‘हाइलक्स, प्राडो, फर्चुनर, रसलगायत गाडीको बिक्री सबैभन्दा धेरै छ, तर पछिल्लो समय टोयोटाले नयाँ प्रविधिसहित गाडी पनि बिक्री गर्दै आएकाले ग्राहकले त्यस्ता गाडी मन पराएका छन्’ कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर बिबेक बलामीले भने ।


कम्पनीले याफ्टर सेल्स सर्भिस, फाइनान्स सुविधा, इन्स्योरेन्स, स्पेयर पार्टसको उपलब्धता लगायतका पक्षमा कुनै कन्जुस्याँई नगरेको बलामीले दाबीे छ ।
चाडपर्व अफर
कम्पनीले चाडपर्वलाई लक्षित गर्दै टोयोटा रस खरिद गर्दा ३ लाख ५० हजार छुट दिने भएको छ । बलामीले, एक मोडलाई मात्रै मध्यनजर गरेर उक्त अफर ल्याइएको जानकारी दिए ।
हाल, ७३ लाख ५० हजार रुपैयाँमा बिक्री भइरहेको मिड अटोमेटीक रस अब ७० लाखमै उपलब्ध हुने भएको छ । अटोमेटीक र म्यानुअल दुवै ट्रान्समिसनमा उपलब्ध रस ४ भेरियन्टमा उपलब्ध रहेको छ ।

