शासकको सवारीः नेपालको राष्ट्रपति चढ्छिन् १६ करोडको कार

काठमाडौं । नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी विशेष समारोहमा सहभागी हुँदा विशेष प्रकारको सवारीसाधनको प्रयोग गर्ने गरेको पाइन्छ । उनले प्रयोग गर्ने सवारीसाधन एकदमै सुरक्षित तथा आरामदायी रहेको छ । 

बेलायतको जगुवार कम्पनी बनाएको ड्याम्लर भी–८ मोडलको कार अहिले राष्ट्रपतिले चढ्ने गरेकी छिन् । 

राष्ट्र प्रमुख चढ्ने सवारीसाधनले राष्ट्रकै प्रतिनिधित्व गर्ने र बाटोमा कारगेडको लस्करसहित हिँड्ने भएकोले पनि सबैको नजर उनको कारमा हुने गरेको छ । 

राष्ट्रपति भण्डारी दुईवटा कम्पनीको कारमा सवार भएको देखिन्छ । उनले प्रयोग गर्ने कार मर्सिडिज तथा जगुवार कम्पनीले बनाएको विशेष प्रकारको बनावट भएको बुलेटप्रुफ गाडी हो । 

मर्सिडिज जर्मनको लग्जरीएस कार कम्पनी हो भने ड्याम्लर बेलायती कम्पनी जगुवारले विशेष अर्डरमा मात्र बनाउने कार हो । जसको स्वामित्व हाल भारतको टाटा मोटर्ससँग रहेको छ ।

विक्रम सम्वत २०६१ मा तत्कालीन महाराज ज्ञानेन्द्र शाहले मगाएका ६ वटा सुविधासम्पन्न कारहरूमध्ये एक होे, यो कार । बेलायतको जगुवार कम्पनी बनाएको ड्याम्लर भी–८ मोडलको कार अहिले राष्ट्रपतिले चढ्ने गरेकी छिन् । 

तत्कालीन समयमा यी ६ वटा कार २८ करोड रुपैयाँमा किनिएको थियो । यो मूल्य भन्सार छुटको हिसाबले गर्दा भएको हो । यसमा भन्सार र करहरू जोड्ने हो भने एउटा कारको मूल्य १६ करोड रुपैयाँ पर्छ । 

तीमध्ये एउटा आर्मोड कार भने उपराष्ट्रपतिका लागि प्रयोग गरिएको छ । अन्य ४ वटा यस्ता कारहरू भने अझै नारायणहिटी दरबारको श्रीसदन ग्यारेजमा थन्किएर बसेका छन् । 

राजकीय भ्रमण तथा विशेष समारोहमा प्रयोग हुने यी कारहरूमा नम्बर प्लेट लगाइएको हँुदैन र नम्बर प्लेट रहेको ठाउँमा नेपाल सरकारको लोगो हुने गरेको छ । 

राष्ट्रपति भन्डारी कार्यक्रमको दौरान अफ रोडमा जाँदा भने निशानको पेट्रोल एसयूबीमा देखिने गरेकी छिन् । उनले प्रयोग गर्ने सबै गाडीहरूको रङ्ग भने कालोे हुने गरेको छ । 


Back_to_top