काठमाडौं । फक्सवागेनले भारतीय बजारलाई मध्यनगर गर्दै प्रिमियम एसयूबी टी–क्रस सार्वजनिक गर्ने भएको छ । संशोधन गरिएकोे नयाँ एसयूबी ९५ प्रतिशत तयार भएको जनाउँदै कम्पनीले टी–क्रसको परीक्षण तथा विज्ञापनलाई तिव्र दिने जनाएको छ ।
कम्पनीकाअनुसार टी–क्रसको परीक्षणलाई आकर्षक बनाउन एसयूबीलाई पेन्टिङ गर्दै गरेको भिडियोसमेत सार्वजनिक गरेको छ । लक्षित ग्राहकलाई मोडलप्रति आकर्षण गर्न फक्सवागेनले टी–क्रसमा आकर्षक कलर र रोमाञ्चक प्याट्रन दिएको छ ।
यसमा माकेना फिरोजा, इनर्जेटिक ओरेन्ज र ब्लाकयुनीजस्ता प्याट्रन रहेका छन् । एसयूबीको डिजाइनबारे बोल्दै फक्सस्वागेनका डिजाइनर क्लाउज बीसफ, ‘स्वतन्त्र, मस्कुलिन तथा शक्तिशाली’ गुणलाई समेट्दै दृढताकासाथ टी–क्रस निर्माण गरिएको बताउँछन् । फक्सस्वागेनले टी–क्रस शक्तिशाली तथा आकर्षक डिजाइनमा निर्माण गरिएको भन्दै प्रतिस्पर्धात्मक बन्ने दाबी गरेको छ ।
कम्पनीले टी–क्रसमा उच्च गुणस्तरको डिजिटल ग्याजेट तथा एड्भान्स प्राविधिक तथा विशेषता दिएको छ । एसयूबीले उच्चस्तरीय सुरक्षाको प्रत्याभूति दिने कम्पनीको दाबी छ । सुविधाअन्तर्गत डिजिटल कटपिट, चार एसयूबी कनेकक्सन, स्मार्टफोनका लागि वायरलेस चार्जिङ, तीन सयवाटको साउन्ड सिस्टम लगाइएको छ । २०१८ को अन्त्यमा सार्वजनिक हुने एसयूबीमा अन्य मोडलमा समावेश गरिएका विशेषतासमेत समावेश गरिने कम्पनीले जनाएको छ ।
टी–क्रस २०२० सम्ममा भारतीय बजारमा आउने आँकलन गरिएको छ । यसले, हुन्डाईको क्रेटा, जीप कम्पास तथा निर्माणाधीन महिन्द्रा, टाटा, निशान र एमजी मोटरसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।


