काठमाडौं । भारतमा होन्डाले ल्याएको नयाँ सिबी ३५० आरएस र जावा फोर्टी टुसँग प्रतिस्पर्धा गर्न रोयल इन्फिल्डले नयाँ मोडल ल्याउन लागेको छ । कम्पनीले नयाँ मोटरसाइकलको परिक्षण सुरु गरेसँगै नयाँ मोटरसाइकल चाँडै आउने अनुमान गरिएको हो ।
आक्रमक बजार विस्तार र नयाँ मोडल बजारमा ल्याउन जुटेको रोयल इन्फिल्डले ३५० सीसी क्षमतामै अर्को मोडल ल्याउन लागेको हो । रोयल इन्फिल्डले केहि दिनअघि नयाँ मोटरसाइकलको ट्रेडमार्क समेत दर्ता गराएको छ । ‘हन्टर’ नामबाट ट्रेडमार्क दर्ता भएको नयाँ मोटरसाइकल अहिले परिक्षण चलिरहेको मोडल हुन सक्ने अट्कल धेरै मिडियाले गरेका छन् ।
रोयल इन्फिल्डको जे प्ल्याटफर्ममा तयार भएको यो मोटरसाइकल क्लासिक रेट्रो डिजाइनमा आउने सार्वजनिक भएको तस्विरको आधारमा अनुमान गर्न सकिन्छ ।
रोयल इन्फिल्ड मेटोरका अधिकांश फिचर प्रयोग भएको यो नयाँ मोटरसाइकलमा स्वीच गियर, ह्याण्डलबार ग्रिप, इन्ट्रुमेन्ट कन्सोल, ट्रिपर नेभिगेशन, एबीएससहितको ब्रेकिङ सिस्टम मेटोरको जस्तै प्रयोग भएको देखिन्छ । यसको फ्यूल ट्याङ्कको डिजाइन, एगजस्ट पाइपको बनोट, पछाडिको भागको डिजाइन भने विल्कुलै फरक देखिन्छ ।

