काठमाडौं । नेपाली बजारमा किशोर गियर आधिकारीक बिक्रेता रहेको मर्सिडिज बेञ्च निकै सफल लग्जरी कार ब्राण्डको रुपमा रहेको छ । विशेषत व्यवसायीक क्षेत्रका व्यक्तिकाे रोजाईमा पर्ने यो एसयूभीको मूल्य २ करोड ५० लाख रुपैयाँ हाराहारी पर्छ । तर, सरकारले ५० हजार डलरभन्दा बढी मूल्यको गाडी आयातमा लगाएको प्रतिवन्धको कारण यसको आयात रोकिएको छ ।
‘सरकारले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएपछि मर्सिडिजको कुनैपनि गाडी ल्याउन सकिइको छैन । हामीले विक्री गर्ने र ग्राहकले धेरै खोज्ने २२० डी मोडल १ हजार डलर बढी मूल्य हुँदा ल्याउन पाइएको छैन’, आधिकारीक विक्रेता किशोर गियरका संचालक किशोर वादे श्रेष्ठले मेरोअटोसँग भने ।
मर्सिडिज बेञ्चका कार नेपाली सडकको लागि नौलो भने होइन । प्रिमियम कार सेग्मेन्टमा राम्रो बजार हासिल गरिरहेको मर्सिडिज बेञ्चका कार अहिले सडकमा बाक्लै गुडेको भेटिन्छ । कम्पनीले बिक्री गर्ने २२० डी मोडल अहिले सर्वाधिक बिक्री हुने मोडल हो ।
धेरै बिक्री हुने मोडलमा रहेका फिचर कस्ता छन् भन्ने विषयमा पाठकलाई जानकारी दिन हामीले यसका विशेषतालाई यहाँ उल्लेख गरेका छौं ।
मर्सिडिजले २२० डी मोडलमा २१४३ सीसी क्षमताको फोर सिलिण्डर इललाइन टर्बो चार्ज्ड डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ३८०० आरपीएममा १६८ बीएच पावर र १४०० आरपीएममा ३५० एनएम टर्क प्रदान गर्छ । उक्त इन्जिनमा ७ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । यसमा ५० लिटर क्षमताको इन्धन ट्याङ्की उपलब्ध रहेको छ ।
पाँच जना यात्रुले आरमदायी यात्रा गर्न सक्ने यो एसयूभीमा ५ वटा ढोका रहेका छन् । यसको लम्बाई ४४१७ एमएम रहेको छ भने चौडाई १८०४ एमएम र उचाई १४९४ एमएम रहेको छ । यसमा १८ इन्चको अलोय ह्वील प्रयोग गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको थियो ।


