काठमाडौं । भारतीय बजारमा कारको सेकेन्ड ह्यान्ड अप्सन निकै धेरै पाउन सकिन्छ । भारतीय बजारमा १ लाखभन्दा कम मुल्यमा विभिन्न कम्पनीका अनेक मोडल उपलब्ध रहेको छ ।
यसरी सेकेन्ड ह्यान्ड बजारमा उपलब्ध हुने केही कार १० बर्ष पुराना हुन्छन् भने केही १५ वर्ष पुरानासम्म हुन्छन् । १५ वर्ष पुराना कार दिल्ली–एनसीआरमा दर्ता गर्न नपाइने भएपनि अन्य राज्यमा दर्ता गर्न सकिन्छ । यहाँ भारतको सेकेन्ड ह्यान्ड बजारमा १ लाख भारु भन्दा कम मूल्यमा उपलब्ध मारुति जेनदेखि टोयोटा कोरोलासम्म रहेका कारबारे चर्चा गरिएको छ ।
जेन
कुनै समय भारतको सबैमन्दा धेरै बिक्री हुने कारको रुपमा रहेको थियो मारुतीको ह्याचब्याक जेन । जेन कार थ्री स्पीड अटोमेटिक ट्रान्समिसन सहित ९ सय ९३ सीसी इन्जिन, ४ सिलिन्टर पेट्रोल इन्जिनमा उपलब्ध थियो । २००३ मोडलको जेन कार करिब ७० हजार भारुमै खरिद गर्न पाइन्छ ।
टोयोटा कोरोला
कुनै समयको निक्कै चर्चित कार टोयोटा कोरोला कार धेरैको सपना कारको रुपमा रहेको थियो । टोयोटा कोरोला कारमा १.८ लिटर भीभीटी–आइ इन्जिन रहेको छ । यो कार निक्कै विश्वसनिय कारको रुपमा समेत रहेको थियो भारतीय बजारमा । २००४ मोडलको टोयोटा कोरोला अटोमेटिक ९० हजार भारुमा पाइन्छ ।
मारुती ८००
मारुती ८०० भारतको सबैभन्दा पुरानो ह्याचब्याक मध्येमा पर्छ । यो कार भारतीय बजारमा करिब २ दशकदेखि उपलब्ध रहेको छ । मारुती ८०० को सबैभन्दा ठूलो बिषेशता यो कारको विश्वसनियता हो । यो कारको मर्मत गर्ने स्पेयर पार्टस निक्कै सस्तो पर्छ ।
मारुती ८०० सबैको कारको रुपमा भारतीय बजारमा स्थापित भयो र आज पनि यो कारको रिसेल भ्यालु अन्य कारको तुलनामा राम्रो रहेको छ । अहिले मारुती ८०० भारतीय बजारमा ५० हजारदेखि ६० हजार भारुसम्ममा पाइन्छ ।
हुन्डाइ सेन्ट्रो
कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले भारतमा ल्याएको पहिलो कार सेन्ट्रो हो । सेन्ट्रो कार अहिले पनि सवारी सिक्नेका लागि सबैभन्दा उपयोगी कारको रुपमा रहेको छ । यो कार चलाउन निक्कै सजिलो रहेको छ । २००६ मोडलको सेन्ट्रो कार भारतीय बजारमा ७० हजार भारुमा पाइन्छ ।
टाटा इन्डिका
भारतीय सवारी उत्पादक कम्पनी टाटाको पहिलो ह्याचब्याक कार हो इन्डिका । टाटाले ह्याचब्याक कारमा पनि धेरै स्पेस हुन्छ भन्ने कुरा इन्डिकाको सार्वजनिक संगै स्थापित गर्यो । उक्त समयमा इन्डिका अन्य कारको तुलनामा सस्तो पनि थियो । यो कार ट्याक्सीमा पनि धेरै प्रयोग भएको थियो ।